नेपालको वाम आन्दोलनमा शुरुदेखिनै मित्रशक्ति कसलाई मान्ने बारे भ्रान्त धारणा रह्यो । यो भ्रम 2028 सालसम्म कायम रह्यो । मित्रशक्ति सम्बन्धी गलत धारणाको परिणाम वामआन्दोलन थुप्रै भट्कावहरू सिकार हुनुपÚयो । नेपाल कांग्रेस जनवादी क्रान्तिको मित्र शक्ति हो भन्ने गलत धारणा थियो । कांग्रेसलाई मित्रशक्ति मान्ने गलत धारणाका कारण पार्टी भित्र कांग्रेस परस्त प्रवृत्ति हावि हुन पुग्यो, त्यसका साथै तेश्रो महाधिवेशनले राष्ट्रिय प्रजातन्त्रको संशोधनवादी कार्यदिशा अपनाउन पुग्यो । न्यूक्लियस र चैथो महाधिवेशनले त्यो भ्रान्त धारणालाई पहिलो पटक परिवर्तन गरी नेका मित्रशक्ति नभएर सामन्त, जमिन्दार, विदेशी दलाल, नौकरशाही पूँजिपति वर्गको प्रतिनिधित्व गर्ने प्रतिक्रियावादी पार्टी हो र यो क्रान्तिको दुश्मनशक्ति भएको विश्लेषण अघि साÚयो । त्यसपछि नेपालको वामआन्दोलन भित्र करिब सबै समूहले नेका प्रति चैथो महाधिवेशनले गरेको विश्लेषणलाई स्वीकार गरेको अवस्था छ ।
विभिन्न देशमा इतिहासका वेग्लावेग्लै कालखण्डमा राष्ट्रिय पूँजिपति वर्गको नेतृत्व गर्ने छुट्टै पार्टी अस्तित्वमा भएको पाइन्छ । तर हाम्रो जस्तो देशमा राष्ट्रिय पूँजिपति वर्गको छुट्टै पार्टी अस्तित्वमा छैन । त्यो वर्गको प्रतिनिधित्व नेपालका विभिन्न वाम समूहहरूले गर्दछन् । एमाले, माओवादी लगायतका वाम घटकहरूको वर्ग आधार निम्न पूँजिवादी वर्ग हो । एमाले नवधनाढ्य वर्गको पार्टीमा परिणत हुँदै गएकोले त्यसले करिब करिब राष्ट्रिय पूँजिपति वर्गको प्रतिनिधित्व गर्दछ । त्यसैगरी माओवादी पार्टीको वर्ग आधार पनि निम्न पूँजिवादी रहेकोले त्यसलाई पनि हामीले पूँजिपति वर्ग कै पार्टीको श्रेणिभित्र राखेका छौं । यी पार्टीहरू भोलीको नयाँ जनवादी क्रान्तिका मित्रशक्तिहरू हुन् । माओले नयाँ जनवादी क्रान्तिका मित्रशक्तिको रुपमा राष्ट्रिय पूँजीपति वर्गलाई पनि लिनुभएको छ । त्यसैले वर्गीय र रणनैतिक दृष्टिकोणले नेपालका विभिन्न वामघटकहरू मित्रशक्तिको श्रेणीमा पर्दछन् । रणनैतिक रुपले मित्रशक्ति भएकारण कार्यनैतिक रुपले उनीहरूसँग हाम्रा सम्पूर्ण नीतिहरू मेलखान्छन् भन्ने सांेच्नु पनि गलत हुनेछ ।
राष्ट्रिय पूँजिपति वर्ग नयाँ जनवादी क्रान्तिको मित्र शक्ति हुन्छ किनभने यसले साम्राज्यवादका विरुद्ध मुट्ठि उचाल्छ तर यो वर्ग कम्युनिष्ट विरोधी पनि भएकोले अर्को मुट्ठि कम्युनिष्टहरूका विरुद्ध उठाउँछ भन्ने कुरा विर्सीनु हुन्न । यो वर्ग कम्युनिष्ट विरोधी हुनको वावजुद सामन्तवाद र साम्राज्यवादका विरुद्ध भएकोले र स्वयं नयाँ जनवादी क्रान्ति पनि एउटा पूँजिवादी क्रान्ति भएकोले नयाँ जनवादी क्रान्तिको कालमा त्यो मित्रशक्तिको रुपमा अगाडि आउँछ । तर नयाँ जनवादी क्रान्तिको सफलता पश्चात स्वतः यो वर्गसँग सर्वहारा वर्गको अन्तरविरोध बढेर जान्छ।यो अन्तरविरोधको समाधान पूँजिमाथि व्यक्तिको ठाउँमा राष्ट्रिय नियन्तत्रण कायम गरेपछि हुन्छ ।
मित्रशक्तिको तात्पर्य वास्तविकरुपमा तिनीहरू कम्युनिष्ट शक्ति होइनन् भन्ने कुरालाई विर्सनु हुन्न । जसरी एउटा कम्युनिष्ट शक्तिले दृढतापूर्वक सामन्तवादका विरुद्ध संघर्षको नेतृत्व गर्दछ । त्यसरी नै पूँजीवादी शक्ति (नेपालको सन्दर्भमा विभिन्न वाम घटक)हरूले त्यसप्रकारको दृढता प्रकट गर्न सक्ने प्रश्न आउँदैन । त्यसैले यिनीहरू ढुलमुल र अवसरवादी हुन्छन् । आन्दोलनको उतार चढावको आधारमा आन्दोलनप्रतिको यिनीहरूको रवैयामा पनि परिवर्तन भैरहन्छ । कम्युनिष्ट पार्टी नयाँ जनवादी क्रान्तिको नेतृत्वदायी शक्ति हो भने, राष्ट्रिय पूँजिपति वर्ग वा त्यसको प्रतिनिधित्व गर्ने पार्टी सहयोगी शक्ति मात्र हुन् ।
नेपालमा वाम जनमतको वाहुल्यता भएको कुरामा शंका छैन । जनमत पिछडिएको र न्यून चेतना भएकोले सबै कम्युनिष्ट एउटै हुन भन्ने जनभावना प्रवल रहेको छ । यही भावनालाई विभिन्न अवसरवादी र फूटपरस्त तत्वहरूले एमाले वा माओवादीमा प्रवेश गर्नका लागि प्रयोग गरेर आनो स्वार्थ पूरा गर्ने र क्रान्तिकारी शक्तिहरूमाथि प्रहार गर्ने गरेका छन् । जसको पछिल्लो दृष्टान्त पार्टीले कार्वाही गरेका अनुशासन विहीन तत्वहरूले हामीले मित्रशक्तिमाथि प्रहार गरेर दुश्मन शक्तिलाई बचाउने काम गरेका छौं भन्ने आरोप लगाएका छन् ।
माओवादी सर्वहारावर्गको राजनीतिक पार्टी होइन । यो निम्न पूँजिवादी वर्गको पार्टी भएकोले यसलाई सच्चा कम्युनिष्ट पार्टी भन्न मिल्दैन । जहाँसम्म माओवादीमाथि प्रहारको प्रश्न छ, एउटा कम्युनिष्ट पार्टीले निर्धारण गर्ने तात्कालीक राजनीतिक लाइन संधै मित्रशक्तिहरूले तय गर्ने नीतिसँग मेल खान्छ भन्ने होइन । 2036 सालको जनमत संग्रहलाई तात्कालीक माले ले वहिष्कार गरेको थियो । त्यो हाम्रो मित्र शक्ति भएको कारण हामीले पनि जनमत संग्रह वहिष्कारको नीति अपनाउनु पर्दथ्यो तर हामीले त्यस्तो गरेनौं । उपयोगको नीति अपनायौं, किन भने वहिष्कारको नीतिले तात्कालिन पंचायती व्यवस्थालाई फाइदा पुग्थ्यो । वहिष्कारको नीतिले तात्कालिन पंचायती व्यवस्थालाई फाइदा पुÚयाउने नियत मालेको नभए पनि परिणामले त्यो हुन गयो । 2060 मा पाँच दलको प्रतिगमन विरोधी आन्दोलनलाई धोका दिएर एमाले तात्कालिन राजा ज्ञानेन्द्रको शाही सरकारमा सामेल भयो तर एमाले मित्रशक्ति भएका कारण हामी आन्दोलनबाट पछि हटेर उसको पछि लागेनौं । नेकासँग मिलेर प्रतिगमन विरोधी आन्दोलनलाई संगठित बनाएर अगाडि बढ्यौं । माओवादीले 2052 देखि कथित जनयुद्ध संचालन गÚयो,राजासँग अघोषित कार्यगत एकताको नीति लियो, जातीय राज्य सहित संघीयतामा जाने नीति मात्र नभएर संघीयता विरोधीमाथि आक्रमण गर्ने नीति पनि छ । के माओवादी हाम्रो मित्रशक्ति भएका कारण हामीले पनि उसको जातीय राज्य सहित संघीयतामा जाने, राजासँग घोषित-अघोषित कार्यगत एकता नीतिलाई अनुसरण गर्न सक्दछौं ? निश्चितरुपले सक्दैनौं । 2052 सालदेखि उनीहरूले संचालन गरेको कथित जनयुद्धलाई हामीले उग्रवामपंथी कार्यवाहीको रुपमा विश्लेषण गÚयौं । लगातार राजाको शासनको पुनस्र्थापनाको खतरामाथि जोड दिंदै त्यसप्रकारको स्थिति आउन नदिन गणतान्त्रिक शक्तिहरूको एकतामा जोड दिएका छौं । नेपालको भूराजनीतिक अवस्था, यहाँको इतिहास, भूगोल, जातीय, भाषिक सांस्कृतिक विविधताका कारण नेपालको सन्दर्भमा संघीयतालाई अनुपयुक्त प्रणाली मान्दै यसले देश टुक्रयाउन सक्ने खतराका विरुद्ध संघर्ष गर्दै आएका छौं । त्यसैले जुन नीतिमा उनीहरूसँग हाम्रो विमति छ, त्यो नीतिले जनतन्त्र, जनजिवीका र राष्ट्रियतामा पार्ने प्रभावको आधारमा उनीहरूसँग हाम्रो संघर्ष हुन्छ । संघर्षको स्वरुप वेग्लावेग्लै परिस्थितिमा वेग्लावेग्लै हुन सक्दछ।
यो बताइरहनु पर्ने आवश्यकता छैन कि संविधानसभा भित्र माओवादीसँग भएका सभासदहरूको संख्या, उनीहरूसँग भएको सैन्यशक्ति, अकुत पैसा, साधन, श्रोत र कार्यकर्ताहरूको ठूलो संख्यालाई हेर्दा देशको राजनीतिले कुनै दिशा लिने भन्ने कुरा केही हदसम्म माओवादीले गर्ने निर्णयमा पनि भर पर्ने भएकोले जातीय संघीयता, संविधान निर्माणमा वाधा पुÚयाउने गतिविधि उनीहरूको राजावादीहरूसँगको सांठगाठको नीतिले देशको राजनीतिलाई गम्भीर असर पुÚयाइरहेको छ । ती कुराहरूमा माओवादीसँग हाम्रो संघर्ष चल्नु स्वभाविक हो । तात्कालिकरुपमा जो शक्तिसँग हाम्रो नीति मेल खान्छ, तिनीहरूसँग सहकार्य र जोसँग मेल खान्न त्यो शक्तिसँग त्यसले लिएको गलत नीतिले राष्ट्रिय राजनीतिमा पार्न सक्ने प्रभावका आधारमा संघर्षको नीति अवलम्बन गर्नु पर्ने हुन्छ, जुन भइरहेको पनि छ।
नेपालका हामी वाहेक सबै राजनीतिक दलहरूले संघीयताको नीति अपनाएका छन् । त्यसका वावजुद त्यही कारणले उनीहरूमाथि समान प्रकारले प्रहार गर्ने नीति अपनाउन सकिन्न किनभने संघीयतालको पक्षमा भएका राजनीतिक दलहरूले संघीयताको सवालमा अपनाएको नीतिमा अन्तर गर्नु पर्ने जरुरी छ । माओवादीले अगाडि सारेको जातीय राज्य, आत्मनिर्णयको अधिकार सहित छुट्टै राज्य बनाउन पाउनु पर्ने अधिकार सहितको संघीयता र मधेशवादी दलहरूको एक मधेश एक प्रदेश सहितको संघीयता अन्य शक्तिहरूले अगाडि सारेको संघीयताको मोडेल भन्दा बढी खतरनाक र विखण्डनकारी छ । जातीय संघीयताका विरुद्ध नेका एमाले लगायतका दलहरू पनि छन् । यो अवस्थामा संघीयताका पक्षधरहरूको संघीयता सम्बन्धी नीतिमा अन्तर गरेर नै संघीयताको खारेजीको लागि आन्दोलनलाई संगठित गर्न सकिन्छ । मुख्य किल्लालाई ढाल्न शुरुमा त्यसका सहायक किल्लाहरू ढाल्नु पर्ने नीति अनुसार संघीयतालाई ढाल्न यो सँग जोडिएर आएको जातीय राज्य आत्म निर्णयको अधिकार, एक मधेश-एक प्रदेशलाई खारेज गर्न यसका विरोधीहरूसँगको सहकार्यले महत्व राख्द छ । संघीयताको नाममा आएको जातीय राज्य, आत्मनिर्णयको अधिकार, एक मधेश- एक प्रदेशको साम्राज्यवादी विधिलाई तत्काल फाल्न सफल भएमा खोक्रो वा नाममात्रको कायम हुने संघीयता साम्राज्यवादीहरूकालागि पनि अर्थहिन हुनेछ । हामीले मित्रशक्तिको घेरालाई सांघुरो बनाएका छैनौं । बरु माओवादीका गम्भीर प्रकारका गलत नीतिको सवालमा समेत मौन बसेर उसको यति विघ्न तरफदारी गर्नुको वास्तविकता के हो ? त्यसको जवाफ फूटपरस्तहरूले दिनुपर्दछ।
फूटपरस्तहरूले सार्वजनिक गरेका आना प्रकाशनहरूमा सहमतिको सरकारमाथि जोड दिएका छन् । के नेपाली कांग्रेसलाई अलग्याएर त्यसप्रकारको राष्ट्रिय सहमतिको कल्पना फूटपरस्तहरूले गरेका छन् ? नेकालाई अलग्याएर सहमतिको सरकारमा कहिंपनि उनीहरूले जोड दिएका छैनन् । त्यसोभए उनीहरूले नेका सहितको राष्ट्रिय सहमतिमा जोड दिएका छन् । जो अहिलेको राष्ट्रिय आवश्यकता पनि हो । यो नीतिले हामीमाथि दुश्मन शक्ति अर्थात कांग्रेसको बचाव गरेको फूटपरस्तहरूको आरोपलाई स्वतः उनीहरूका प्रकाशनहरूले खण्डन गर्दैनन र ?
नेपालमा वर्गसंघर्षको प्रकृतिः ऐतिहासिक सन्दर्भ
– रामप्रकाश पुरी
दोश्रो महधिवेशनदेखि नै नेपाली कम्युनिष्ट अन्दोलन भित्र वर्गसंघर्षले संस्थागत रूप लिएको थियो। व्यवस्थित वर्गसंघर्षको आकारको रूपमा यसलाई पहिलो मान्न सकिन्छ। सामान्यतया प्यूठानको किसान संघर्ष सामाजिक वर्गहरूको धरातलमा र सामाजिक रूपमा राजनीतिक मुद्दा लिएर सञ्चालन भएको एउटा संघर्ष थियो तापनि त्यसको आकार किसान संघर्षसित मात्र सम्बन्धित थियो। त्यसले देशव्यापी रूपमा हुनसक्ने किसान विद्रोहलाई निश्चय पनि उत्साहित गर्न सक्थ्यो तर नेतृत्व प्रदान गर्न सक्दैनथ्यो। दोश्रो महाधिवेशनमा भएको वैचारिक संघर्ष नेतृत्व प्रदान गर्ने तहमा नै भएको थियो र यसले नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा नितान्त पहिलो र महत्वपूर्ण अर्थ राख्दथ्यो। दोश्रो महाधिवेशन त्यही संग्राम भूमि थियो जहाँ सामाजिक रूपमा कायम रहेका विपरीत वर्गहरू एउटै पार्टीका महाधिवेशन प्रतिनिधिका रूपमा उपस्थित भएका थिए। विपरीत वर्ग छद्मरूपले कम्युनिष्ट आन्दोलन भित्र मौलाइरहेको हुन्छ भन्ने नजिर पनि त्यो महाधिवेशनबाट प्राप्त भएको साँचो तथ्य हो। नेपालमा सर्वहारावर्गको राज्यसत्ता स्थापना गर्ने कठिन कुरा हो, त्यसका लागि सर्वहारावर्गको प्रतिनिधिको रूपमा उपस्थित भएको नेकपा ले आफ्नो आन्तरिक जीवनमा कस्ता शर्तहरू पूरा गर्नुपर्छ र त्यसलाई निरन्तरता दिदै कसरी अगाडि बढ्नुपर्छ भन्ने ऐतिहासिक शिक्षा दिने स्रोत पनि त्यही दोश्रो महाधिवेशन हो।। दोश्रो महाधिवेशन यथार्थमा वर्गसंघर्षको वैचारिक यात्रा भएको मूहुर्त थियो। त्यही धरातलमा उभिएर क्रान्तिकारी शक्तिले अहिलेसम्म वैचारिक संघर्ष गर्नुपरेको छ र आन्दोलनबाट उछिट्टिएका दक्षिणपन्थी, मध्यपन्थी, अराजकतावादी आदि प्रवृत्तिमाथि दमन गरेको छ। तर दुःखको कुरा नै मान्नु पर्छ कि सामाजिक रुपमा विपरीत वर्गहरूका सदस्यहरू कम्युनिष्ट पार्टीभित्र प्रवेश हुनु वाध्यात्मक अवस्थाका कारणले वैचारिक संघर्षको परम्परामाथि आधारित वर्ग संघर्षमा नै सीमित रहनु परेको छ त्यही परम्पराबाट नै क्रान्तिको गन्तव्य पछ्याउनुपर्ने अवस्था छ, सामाजिक वर्गहरू बीचको वर्गीय युद्धले आकार नै लिन सक्ने अवस्था तत्कालका लागि न्यून नै छ। तर अर्कोतिर सुखको विषय यो पनि हो कि क्रान्तिहरूले कहिल्यै नहार्ने यो विडा उठाएर राम्रो काम गरेका छन्। दोस्रो महाधिवेशनमा तय भएका विषयहरू वास्तवमा क्रान्तिकारी शक्तिका लागि गर्वको विषयहरू नै थिए। पार्टीमा मुख्य नेतृत्व रायमाझी जस्ता राजावादी रहेको भएतापनि क्रान्तिका नीतिगत प्रश्नहरू क्रान्तिकारी साथीहरूले उठान गरेर एक ऐतिहासिक यात्राको थालनी गरे।
दोश्रो महाधिवेशनका दस्तावेजहरूमा के–के लेखिएको थियो, त्यो इतिहासको खोजीको विषय भएको छ। दस्तावेजहरू सुलभ रूपले उपलब्ध हुने अवस्था छैन र तिनका साक्षीहरूको उपस्थिति पनि न्यून प्राय छ। दोश्रो महाधिवेशनका महारथीहरूमा का. मोहन विक्रम सिंह मात्र कम्युनिष्ट आन्दोलनको क्रान्तिकारीधारमा रहनुभएकोले उहाँले पस्केका सामाग्रीहरू माथि निर्भर रहनुपर्ने अवस्था छ। कोही राजावादी भइसकेको अवस्था, कोही दक्षीणपन्थी कित्तामा संलग्न भएको अवस्था र कोही निष्कृय जीवनयापन गरिरहेको परिष्रेक्षमा दोश्रो महाधिवेशनका तथ्यहरूबारे ती पक्षहरूले सही सूचना सम्प्रेषण गर्न सक्ने सम्भावना न्यून नै हुन्छ। ती पक्षहरूलाई साक्षी बनाई दोश्रो महाधिवेशनबारे धारणा बनाउनु निकै नै गल्ति हुन जान्छ। इतिहास सम्बन्धीे जानकारीको अभावमा नेपाली कम्युनिष्ट आन्दोलनको मुख्य र गुदी विषयवारे व्यापक छलफल हुन नसकेकोले आन्दोलनको पछिल्लो चरणमा दक्षिणपन्थीहरूले जनसमुदायलाई व्यापक भ्रम दिइरहेको अवस्था पनि छ। का. मोहन विक्रम सिंहसंग पनि त्यसताकका सामाग्री सुरक्षित रहन नसकेको (उहाँको २०१८ सालको जेलयात्रा लामो समयसम्म कायम रहेकोले उहाँसित सुरक्षित रहेका सबै जसो कागजजातहरू हराइसकेका र हिनामिना भएको भन्ने कुरा द्वितिय महाधिवेशनदेखि दरभंगा प्लेनमसम्म भन्ने पुस्तकको भूमिकामा उल्लेख छ।) ले त्यसमा झन् जटिलता छ। एकातिर क्रान्तिकारी भूमिकामा का. मोहनविक्रम मात्र रहेको अवस्था र अर्कोतिर त्यसताकका दस्तावेजहरूको सहजतापूर्वक उपलब्ध नहुने अवस्थाका कारण त्यसताकको इतिहाससम्बन्धी धारणा बनाउनु निश्चय पनि कठिन कुरा हो। तर क्रान्तिकारी मित्रहरूले समात्ने धार भनेको का. मोहन विक्रमको बाटो र नीतिको नै हो। का. मोहन विक्रमले प्रतिक्रियावादी सत्ताका लागि कुनै पनि समयमा सम्झौता नगरेको अवस्था, दक्षिणपन्थी र मध्यपन्थीहरूसँग निर्मम संघर्ष गरेको अवस्था राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषणहरूमा ठोस र यथार्थपरक चिन्तन पद्धति प्रयोग गरेको अवस्था र हाल विश्व कम्युनिष्ट आन्दोलनको संकटग्रस्त अवस्थामा निख्खर र वैचारिक नेतृत्व प्रदान गरिरहेको परिप्रे73य तथा ऐतिहासिक कमजोरीहरूप्रति निशंकोच आलोचित र स्वीकारोक्ति गर्ने क्षमता राखेकोले उहाँको धार निर्विकल्प विश्वासको आधार बन्न गएको कुरामा दुइमत हुन सक्दैन। साँचोलाई बङ्ग्याएर आफ्नो छवि उज्यालो राख्न खोज्ने धृष्टता का. सिंहले गरेको देखिन्न, समय र कालखन्डहरूले प्रमाणित गरेका कुराहरू नै का. सिंहका बयानहरू हुन्। यसर्थ द्वितीय महाधिवेशनमा उठेका विषयहरूका सन्दर्भमा छलफल गर्दा क्रान्तिकारी र अन्यपक्षहरू बीच भएको विवादलाई नै कुनै पनि हालतमा गौण स्थानमा राख्न मिल्दैन। वर्गसंघर्षको इतिहासमा द्वितीय महाधिवेशन एउटा महत्वपूर्ण स्थल थियो, जसलाई क्रान्तिकारी साथीहरूले उठाएका विषयहरूले सार्थक बनाएका थिए। जुन विषयहरूलाई का. सिंहले द्वितीय महाधिवेशन देखि दरभंगा प्लेनमसम्म उल्लेख गर्नुभएको छ। पार्टी भित्रका गैरक्रान्तिकारी शक्तिहरूले पार्टीको दोश्रो महाधिवेशन भन्दा अगाडिका सम्पूर्ण भूमिकालाई अवमूल्यन गर्ने प्रयत्न गरेको ऐतिहासिक तथ्यहरूले उल्लेख गर्दछन्। का.सिंहले आफ्नो उक्त पुस्तकमा लेख्नु भएको छ –“आज हाम्रा बहुमत पक्षका साथीहरूमा पाइने आम प्रवृत्तिहरू मध्ये एउटा मुख्यप्रवृत्ति यो हो कि उनीहरूले दोश्रो महाधिवेशन भन्दा पहिलेका पार्टीका सबै नीति र कार्यहरूलाई “संकिर्णतावादी”, “उग्रवादी”, “वामपन्थी”,“अव्यवहारिक”, “देशको वस्तुगत परिस्थितिमा नमिल्ने” “केटाकेटी कार्यहरू” आदि भनेर महत्व घटाउन चाहन्छन्। यस्तो गर्नुका पछाडि बहुमत पक्षको मुख्य उद्देश्य र अभिप्राय यो रहेको हुन्छ कि यसो भनेर उनीहरूले दोश्रो महाधिवेशन पछिका पार्टीमा देखा परेका कमजोरी, दोषहरू र गलत तौरतरिकाहरूको गम्भीरतालाई आफ्नो गैर जिम्मेदारी र कार्य कुशलताको अभावलाई ढाक छोप गर्न चाहन्छन्।” (ऐ ऐ पेज ६) पार्टीको प्रारम्भिककाल र प्रर्याप्त अनुभवको विकास नभएको सन्दर्भमा पार्टीले परिपक्व कार्यकौशलता देखाउन नसक्नुलाई खराब प्रवृत्तिको रूपमा लिन सकिन्न। पार्टीको स्थापनाकालदेखि पार्टीले सञ्चालन गर्दै आएका गतिविधिहरूबारे माथि कैयौंपक प्रकाश पारिएको छ। पार्टीको त्यो अवधि शिशु अवस्था थियो तर उत्कृष्ठ ल73य हासिलको मार्गमा थियो। अपवित्र सम्झौताहरू, गठबन्धन तथा साँठगाँठका विरूद्ध संघर्ष गरेको एकमात्र शक्ति नेकपा नै थियो। भलै उसको संघर्षको आकार नग48य मात्रामा थियो तर अरू कुनै पनि शक्तिहरू उसको साथमा थिएनन्। समय छिपिंदै जाने क्राममा र पार्टीको खुला परिस्थितिमा चुलिएको गैरक्रान्तिकारी प्रवृत्ति दोश्रो महाधिवेशनपछि नै एउटा शक्तिको रूपमा देखा पर्यो, जसले दोश्रो महाधिवेशन पूर्वमा पार्टीले क्रान्तिमा दिएको योगदानलाई मात्र अवमूल्यन गर्ने प्रयास गर्यो। का. सिंहले अगाडि लेख्नुहुन्छ “यो कुरा सत्य हो, जस्तो कि कुनै पनि देशको पार्टीमा हुन्छ, प्रारम्भमा हाम्रा पार्टीमा पनि कैंयौं अपरिपक्व तौर तरिकाहरू रहेका छन्। देशको राष्ट्रिय परिस्थिति अनुसार मार्क्सवाद लेनिनवादको सही व्याख्या गर्नमा हामीमा कैयौं कमजोरीहरू रहेका छन्। तर यो दोष र कमजोरीका बाबजुद दोश्रो महाधिवेशन भन्दा पहिलेकोकाल कैयौं दृष्टिबाट महत्वपूर्ण रहेको छ। त्यसकालमा तुलनात्मक दृष्टिले के विशेषताहरू थिए? प्रथम महाधिवेशनले राजाको जो विश्लेषण गरेको थियो त्यो आज आएर सही सावित भएको छ, जब कि दोश्रो महाधिवेशन पछिका राजाप्रतिका धारणाहरू कति गलत र भ्रमपूर्ण थिए त्यो आज साफ भएको छ।” (ऐ ऐ पेज ६) ऐतिहासिक परिप्रे73यमा हामीले आजको धरातलबाट विचार गर्दा का. सिंहको भनाइ वस्तुपरक र क्रान्तिकारी शक्ति तथा क्षमताले भरिपूर्ण भएको आभाष पाउँदछौं। क्रान्तिकारीताको वासतविक चरित्रले मात्र आफ्नो वास्तविकतालाई स्वीकार गर्न सक्ने र विना पूर्वाग्रह परिस्थितिको मूल्याऒ्ढन र विश्लेषण गर्ने क्षमता राख्न सक्दछ। का. सिंहले प्रस्तुत गर्नुभएको विचार त्यही वास्तविक तथ्य हो। पार्टीको प्रारम्भिक काल विचारको विचलन वा कुनै नेतृत्व विशेषको महत्वाकांक्षाको धरातल थिएन, बरू प्रशस्त परिपक्वताको अभावको अवस्था थियो। त्यसबेला पार्टीले जानीनजानी अठाएका कदमहरू (तिनको परिणाम जे हुने भएतापनि) पार्टीको दीर्घकालीन उद्देश्यसित निश्कलंकित ढंगले जोडिएका थिए। दोश्रो महाधिवेशन पछि पार्टीमा आएको क्रान्तिकारी चरित्रको ह्रासका कारण बहुमत पक्षका साथीहरूले उक्त अवधिको (दोश्रो महाधिवेशन भन्दा अगाडि) क्रान्तिकारी पक्षको अवमूल्यन गरे र गालिगलौजका विभिन्न शब्दहरूको लेबल लगाए। इतिहाले प्रमाणित गर्न गइरहेको थियो कि, उनीहरूले यो सबै काम आफ्ना पछिल्ला प्रवृत्तिहरूलाई (जो क्रान्तिकारी प्रवत्ति थिएनन्) ढाकछोप गर्नका लागि गर्दै थिए।
दोश्रो महाधिवेशनमा उठेका विवादहरूले क्रान्तिकारी र गैरक्रान्तिकारी बीचको संघर्षको शुरूवातको इतिहास निर्माण गरेका छन्। अन्तरपार्टी संघर्ष वर्ग संघर्षको कति महत्वपूर्ण अंग हो भन्ने कुरा इतिहासका कैयन तथ्यरूले प्रमाणित गर्दै आइरहेका छन्। अन्तरपार्टी संघर्ष वर्ग संघर्षको केन्द्रीय रूप हो जहाँ विचार, प्रवृत्ति, संस्कार र नीतिका कारणले संघर्षको शुरूवात हुन्छ। दोश्रो महाधिवेशनमा उठेका सवालहरू तत्काल समाधान गर्न सकिने विषयहरू थिएनन्। संस्कार र जीवनशैलीको रूपमा जरा गाडेर बसेको सामन्ती संस्कार र जीवनशैली तथा त्यसबाट उत्पत्ति भएका खराब वैचारिक प्रवृत्तिहरूमाथि विजय हासिल गर्नुपर्ने महान् ल73य र उद्देश्यहरू भएकोले दोस्रो महाधिवेशनमा ती विषयहरूको उत्पत्ति मात्र भयो, निरन्तरता त आजसम्म छँदै छ र भविष्यमा पनि जारी रहने कुरा निश्चित र निर्विवाद छ। अन्तरपार्टी वर्गसंघर्ष भनेको अर्को अर्थमा विचारधारात्मक संघर्ष हो। विचारधारात्मक संघर्षमा विजय हासिल गर्नका लागि शब्द रटान वा दृढ इच्छा शक्तिले मात्र पुग्दैन, घनिभूत ढंगले विषयवस्तु प्रति स्पष्टता राख्नुपर्दछ। नेकपाको नेतृत्व राजाको पक्षमा विलिन हुन थाल्दा पार्टी सदस्यहरूको वैचारिक धरातल उच्च भएको भए दोश्रो महाधिवेशन पछि पनि पार्टीको शक्ति झन् जीवन्त हुने थियो। पार्टीको मुख्य नेतृत्व राजावादी हुंदैछ भन्ने कुरा बहुमतले ठम्याएको भए राजावादी नेतृत्वलाई पार्टीले सहजै पन्छाएर क्रान्तिकारी स्पि्रटको गति लिने थियो तर विचारधारात्मक शक्ति बोकेका थोरै क्रान्तिकारी साथीहरूले मात्र ती अवस्थाहरू बुझ्ने क्षमता राखेकोले क्रान्तिकारी धारका लागि संघर्ष गर्नुको विकल्प रहेन। पार्टीको बहुमतले क्रान्तिकारी धरातलमा दह्रोसँग टेक्न नसक्नु विचारधारामा रहेको दब्बुपना पनि केही हदमा जिम्मेवार रहेको कुरामा कुनै शंका छैन। दोश्रो महाधिवेशनमा महत्वपूर्ण विषयहरूको उठान भएर पनि नेतृत्वतहको राजापरस्त सोचाइहरूले गर्दा पार्टीको स्थिति नाजुक हुनुमा अधिकांश बहुमत संख्याका सबै पार्टी सदस्यहरूको विचारधारात्मक स्तरले भूमिका खेलेको छ। यसरी विचारधारात्मक शक्ति–क्षमता वर्गसंघर्षको मैदानमा कति महत्वपूर्ण रहेछ भन्ने कुराको यो एउटा ऐतिहासिक सवक पनि हो। अध्ययन र विषयवस्तुको राम्रो जानकारी तथा संघर्षका अनुभवहरू वर्गसंघर्षको प्रगतिशील वर्गको विजयको लागि अनिवार्य आवश्यक तत्वहरू हुन् भन्ने कुरालाई त्यसबेलाको घटनाबाट जानकारी लिन सकिन्छ। अर्को तथ्य यो पनि हो कि मुख्य कुरा नीति नै हो, नीति बनाउने कार्यमा क्रान्तिकारीहरूले मुख्य योगदान दिन सक्नुपर्छ। संघर्षका जुनसुकै घडीमा पनि नीतिमा ध्यान दिनसक्नु क्रान्तिकारी गुण हो। दोश्रो महाधिवेशनमा का. मोहन विक्रमले क्रान्तिकारी भूमिका निर्वाह गर्नुभयो र क्रान्तिकारी नीतिलाई अघि सार्न सक्षम हुनुभयो। नेतृत्व भनेको नीतिका अगाडि धेरै सु73म कुरा हो। नेतृत्व कार्य विभाजनको एउटा अंग मात्र हो, आम सदस्यहरूको इच्छाद्वारा निर्मित एउटा अस्थायी साधन मात्र हो। जस्तो कि नेतृत्व भनिएका रायमाझीहरू पथभ्रष्ट भएर गए तर नीतिको उत्पत्तिका कारणले क्रान्तिकारीहरूको उदय भइरह्यो। क्रान्तिकारी शक्तिलाई जन्म दिइरहनका लागि क्रान्तिकारी नीतिको सदा औचित्यता छ। दोश्रो महाधिवेशन नीतिहरू बीचको द्वन्द्व स्थल थियो। राजावादी नेतृत्वमाथि मडारिएको क्रान्तिकारी नीति क्रान्तिकारी शक्तिका लागि उज्यालोपक्ष थियो, जब दोश्रो महाधिवेशन पछि पार्टीमा निराशा आयो, त्यसबाट क्रान्तिकारी शक्तिको रक्षा गर्ने काम क्रान्तिकारी नीतिले नै गर्यो। दोश्रो महाधिवेशनपछि पार्टीमा व्यापक अन्यौल हुनुमा र त्यस महाधिवेशनको वास्तविकता बुझ्नका लागि भएको कठिनाइबारे का. सिंहले स्पष्ट पार्दै लेख्नुभएको छ–“दोश्रो महाधिवेशनको वास्तविक स्वरूप के थियो? त्यसमा के निर्णयहरू भए? त्यसले पार्टीमा के परिवर्तन ल्यायो? यसको स्पष्ट व्याख्या गर्नु निकै नै कठिन कार्य हो किनभने दोश्रो महाधिवेशन सम्बन्धी पार्टीको एउटा पनि आधिकारीक दस्तावेज छैन। त्यसका पछाडि अन्य कारणहरूले पनि काम गरेका छन्, जो पछि स्पष्ट हुंदै जानेछन्। दोश्रो महाधिवेशन र यसका निर्णयहरूका बारेमा न अहिलेसम्म एउटा सर्कुलर तल्ला कमिटीमा पठाइयोः न त्यस सम्बन्धी जानकारी नै गराउने प्रयास भयो। स्वयं केन्द्रीय कमिटी या दोश्रो महाधिवेशनको सिंहावलोकन गर्न महिनौंसम्म बैठक बस्दथ्यो। तर यसको निर्णय के हो? त्यो स्पष्ट हुन नसकेर केन्द्रीय कमिटीको बैठकमा गत्यावरोध पैदा हुन्थ्यो कि त्यस्तो भयो? यो कुरा पछि स्पष्ट हुंदै जानेछ। यी सबै कारणहरूले गर्दा दोश्रो महाधिवशनको “वास्तविक चरित्र” को स्पष्ट तस्वीर खिच्न धेरै नै कठिन हुन जान्छ।” (मोहन विक्रम सिंहः द्वितीय महाधिवेशनदेखि दरभंगा प्लेनमसम्म) पेज ४) का. सिंहले यो कुरा उल्लेख गरेपछि मात्र नै पछिल्लो पुस्ताले यस विषयमा केही जानकारी प्राप्त गर्नसक्ने अवस्था रहन्छ। त्यसताकको पार्टी इतिहासका प्रमाणित दस्तावेजहरू नभए तापनि क. सिंहले उल्लेख गरेको यो विषयले पार्टी भित्रको संघर्षको अवस्था थाहा पाउन सकिन्छ। पार्टीको मुख्य नेतृत्वले पछिल्लो अवस्थामा पार्टीभित्र विकसित भइरहेको राजावादी चरित्रलाई ढाकछोप गर्नका लागि ती सबै हर्कतहरू गरिरहेको थियो। दोश्रो महाधिवेशनका दस्तावेजहरूलाई पार्टी सदस्यहरूको बीचमा उपलब्ध नगराउनु, सिंहावलोकनका लागि बसेका बैठकहरू अनिर्णित हुनु तथा त्यस सम्बन्धमा जानकारीका लागि पार्टी कमिटीहरूलाई कुनै पनि सर्कुलर जारी नगर्नु, नपठाउनु आदि अन्योलपूर्ण स्थिति सृजना गरेर पार्टीको दोश्रो महाधिवेशनको वास्तविकतालाई लुकाउन मुख्य नेतृत्वले प्रयत्न गरेको देखिन्छ। पार्टीभित्रको अस्तव्यवस्त अवस्थाले प्रयत्क्ष रूपले देशभरिकै पार्टी कमिटिमा नकारात्मक प्रभाव पारिरहेको थियो। यो कुरा पार्टीको मुख्य नेतृत्वलाई पनि राम्ररी थाहा थियो। तर नियतवश नै पार्टीको यो अवस्था श्रृजना भइरहेकोले समस्याको हल हुन सकिरहेको थिएन। दोश्रो महाधिवेशन पछिको अन्तरपार्टी संघर्षको मुल कारण राजनीतिक मतभेद नै भएको कुरा स्पष्ट गर्दै का. सिंहले लेख्नुभएको छः “.......सबै कुराहरूका बाबजुद पार्टीमा दोश्रो महाधिवेशनको बेलादेखि नै बेग्लाबेग्लै राजनीतिक मतभेदहरू खास रूपमा देखापरेका हुन्। पार्टीभित्रका अन्तपार्टी संघर्षको आधारभूत कारण ती सैद्धान्तिक मतभेदहरू हुन्।” दोश्रो महाधिवेशनको बेला उत्पन्न मतभेदहरूबारे अगाडि चर्चा (पेज ३) गरिएको छ, ती मतभेदहरू दोश्रो महाधिवेशनका संघर्षका मुख्य विषयहरू थिए, दुईलाईनको संघर्षको शुरूवात दोश्रो महाधिवेशनबाट नै भएको थियो, सैद्धान्तिक मतभेदका अगाडि व्यक्तिगत असन्तुष्टिहरू पक्कै पनि गौण थिए। का. सिंह भन्नुहुन्छ–“अन्तर्पार्टी संघर्षका पछाडि कैयौं सिद्धान्तहीन दोष र कमजोरीहरू पनि रहेका छन्। यसमा शंका छैन, यस प्रकारका कैयौं कमजोरीरू बहुमत वा अल्पमत दुवै पक्षका साथीहरूमा रहेका हुन सक्दछन्। यो सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न। कैयौं साथीहरू व्यक्तिगत उद्देश्यहरूको प्राप्तिका वा कुनै साथी विशेषसितको द्वैषको कारणले वा कैयौं साथीहरूले आफ्ना पदहरूका रक्षाका लागि सिद्धान्तहीन मतभेदहरू देखाउने वा अनावश्यक रूपमा मातभेदहरू गर्ने गरेका हुनसक्छन्, यो कुरा पनि हुनसक्छ कैयौं साथीहरूले बहुमत पक्षका वा अल्पमतपक्षका साथीहरूले सैद्धान्तिक आधार र आफ्ना वास्तविक मान्यताहरूका आधारमा भन्दा कसैका साथको व्यक्तिगत, मित्रता, द्वैष, स्थानीयता आदिका आधारमा वा अन्य कुनै सिद्धान्तहीन आधारमा कुनै विचारहरूलाई मान्ने वा छाड्ने गरेका हुन सक्दछन्।” (ऐ ऐ पेज ३) कैयौं साथीहरूमा व्यक्तिलाई केन्द्रित गरेर सोच्ने तरिकाका कारण वा व्यक्तिगत स्वार्थका कारण पार्टीभित्र सैद्धान्तिक अस्पष्टता रहेको, द्वैष बढेको आदि समस्याहरू रहने कुरा अस्वीकारको विषय थिएन तर मतभेदको केन्द्रीय विषय भने यो थिएन। पार्टीभित्रको वर्गसंघर्ष सैद्धान्तिक विषयहरू माथि नै आधारित थियो।
इतिहासको यो तथ्य (अन्तपार्टी संघर्ष) लाई छुटाएर र बिर्सेर पार्टीको इतिहासप्रति स्पष्ट हुन सकिन्न। तत्कालको पार्टी नेतृत्वबाट जारी परिपत्रहरूहरू, विज्ञप्तिहरू वा अन्य कुनै राजनीतिक दस्तावेजहरूमात्र अन्तपार्टी संघर्षको अवस्था जानकारी गराउने सामाग्री हुन सक्दैनन्। संघर्ष कसरी चल्दैथियो? पार्टीको भविष्य कसरी निर्धारण हुंदै थियो भन्ने कुरा नै केन्द्रीय विषय हो। संघर्षको स्वरूप राजापरस्त शक्ति र गणतन्त्रवादी शक्तिका बीचको द्वन्द्वको रूपमा कायम थियो। दोश्रो महाधिवेशनको विषयहरू मध्ये नयाँ जनवाद, राजतन्त्र, सशस्त्र संघर्ष, ०७ सालको “क्रान्ति” संविधानसभा र संयुक्तमोर्चा मुख्य विषय थिए। यी विषयहरूबारे का. सिंहले लेख्नुभएको छ। त्यो विषय (नयाँ जनवाद–लेखक) त्यस बेलाको एउटा मुख्य विवादग्रस्त विषय थियो। तर यो साँच्चिकै आश्चर्यको विषय हो कि, त्यति विवादग्रस्त विषयमा औपचारिक रूपमा कुनै निर्णय भएन, न त्यस बारेमा भोटिङ नै भयो। दोश्रो महाधिवेशनको सरगर्मीमा विना निर्णय नै त्यो विषय हराएर गयो।” (ऐ ऐ, पेज १०,११) “जनवादी व्यवस्थाका लागि संघर्ष गर्ने” प्रथम महाधिवेशनद्वारा पारित भएको स्वीकृत कार्यक्रमलाई दोश्रो महाधिवेशनका लागि प्रस्तावित कार्यक्रममा यस प्रकारको कुरा लेखिएको का. सिंहले उल्लेख गर्नुभएको छ–“ने. क.पा. नेपालमा तत्काल जनवाद समाजवादको कुरा नगरी यद्यपि यो पार्टीका अगाडिका ल73यहरू हुन.....देशमा स्वस्थ प्रजातन्त्रको जग बसाल्न दृढ संकल्प गर्दछ।” का. सिंहले आफ्नो मतलाई बेग्लै ढंगले प्रस्तुत गर्नुभएको कुरा पनि उल्लेख छ। आफ्नो धारणालाई स्पष्ट पार्दै उहाँले लेख्नुभएको छ –“हामीले खाली आम चुनावको प्रश्नलाई मात्र प्रधानता दिएर आफ्नो कार्यक्रम कार्यनीति आदि निश्चित, गर्ने होइन। यसका साथै, हामीले पूँजीवादी प्रजातन्त्रको स्वरूपसित जनतालाई परिचित गराउने, यसको घृणित प्रवृत्तिको भन्डाफोर गर्ने आदि काम पनि समान रूपले गर्नुपर्दछ। हामीले जनतालाई यो कुरा बताउनमा पूरा ध्यान दिनुपर्दछ। खालि तत्कालिन आवश्यकता पूर्तिको रूपमा मात्र यो पूँजीवादी प्रजातन्त्रलाई स्वीकार गरिएको हो। तर यसद्वारा जनताको वास्तविक इच्छाको पूर्ति हुन सक्दैन। यसका पछाडि आफ्नो जनवादी प्रजातन्त्रबारे पनि जनतालाई सचेत गराउँदै लैजानुपर्दछ। यो वर्तमान पूँजीवादी प्रजातन्त्रको नारालाई हाम्रो अगाडिको उद्देश्यमा यो पुर्याउने साधनका रूपमा प्रयोग हुनुपर्दछ।” माथिका फरक दुई कुराहरूबारे केही विचार गरौं– प्रस्तावित कार्यक्रमका अनुसार जनवादी व्यवस्था पार्टीका अगाडि रहेका (के काल्पनिक?) ल73यहरू हुन् तर तिनको कुरा मात्र पनि नगरी “स्वस्थ” प्रजातन्त्रको जग बसाल्नका लागि भने दृढ संकल्प छ। स्पष्ट छ कि त्यो जनवाद समाजवादको ल73य सहित सामाजिक परिवर्तनको आन्दोलनमा योगदान दिनुपर्ने शक्तिका संघर्ष, आन्दोलन तथा तत्कालीन व्यवस्थाप्रति अपनाइने नीतिप्रति आफ्नै खास दृष्टिकोण हुन्छ, जब जनवाद र समाजवादका कुरा नै नगर्ने भनिन्छ भने “स्वस्थ” प्रजातन्त्रको अर्थ के हुन्छ भन्ने कुरा कुनै लुकेको कुरा होइन। पार्टीका अगाडिका “ल73यहरू” बताएर ल73यबाट विचलित नभएको भ्रम श्रृजना गर्नका लागि मात्र यी शब्दहरूलाई समावेश गरेको देखिन्छ। पार्टीलाई बुर्जुवा संसदीय प्रजातन्त्रका लागि प्रतिबद्ध बनाउने षडयन्त्रका स्वरूप “अगाडिका ल73यहरू” जस्ता शब्दहरू प्रयोग भएको कुरा स्वतःसिद्ध छ। एकातिर प्रथम महाधिवेशनका स्वीकृत कार्यक्रमलाई समाप्त पार्ने गैरक्रान्तिकारी नयाँ कार्ययोजना र अर्कोतिर पार्टीलाई जनवादी प्रजातन्त्रका लागि संघर्ष गर्ने शक्तिका रूपमा विकास गर्नुपर्ने र वर्तमान पूँजीवादी प्रजातन्त्रलाई अगाडिको उद्देश्य प्राप्त गर्नका लागि तत्कालिक रूपमा प्रयोग गर्न सकिने साधनका रूपमा लिनुपर्ने क्रान्तिकारी मान्यताबीचको संघर्षले दोश्रो महाधिवेशन भरिपूर्ण थियो। महाधिवेशनमा यति महत्वपूर्ण विषयलाई निर्णय गरिएन अर्थात त्यसविषयमा के कस्ता घटनाहरू घटेका थिए त्यस सम्बन्ध कुनै पनि जानकारीहरू सार्वजनिक गरिएनन्। पार्टीको मुख्य नेतृत्वको चरित्र कस्तो थियो र के हुँदै थियो भन्ने कुराको सानो आभाष मात्र पनि यही विषयबाट प्राप्त हुन्छ। पार्टीको मुख्य नेतृत्व “स्वस्थ” प्रजातन्त्रको जग बसाल्ने षडयन्त्रमा सामेल भइरहेको थियो। यो प्रजातन्त्र सामान्य संसदीय प्रजातन्त्र थियो वा राजतन्त्रलाई स्वीकार गर्दै जाने एकपछि अर्को गर्दै विकसित भएको राजावादी विचारधारा थियो। त्यो भने अन्योलमा नै छ, यस विषयमा का. सिंहको भने यस प्रकारको धारणा छ–“.....यसरी त्यसबेला केन्द्रीय कमिटीकातर्फबाट प्रस्तावित कार्यक्रममा पूँजीवादी ढंगकै संसदीय व्यवस्था भए पनि कायम गर्ने प्रश्नलाई मुख्य प्रश्न बनाइयो। दोश्रो महाधिवेशनको बेलामा यो आम रूपमा भनिएको विचार थिएन। ......केन्द्रीय कमिटीका कैयौं शिर्षस्थ नेताहरू यो विचार–नयाँ जनवादको नारालाई छाड्ने कुराका विरूद्ध थिए। त्यसबाहेक त्यसबेला आम प्रतिनिधि साथीहरू कार्यक्रममा कैयौं विषयहरूमा परिवर्तन गर्ने विचारका समर्थक भएतापनि कार्यक्रमबाट नयाँ जनवादलाई हटाउने कुराका विरोधी थिए। त्यो विषय त्यसबेलाको एउटा मुख्य विवादग्रस्त विषय थियो।” (ऐ ऐ पेज १०) पछिल्लो समयका घटनाक्रमहरूले सिद्ध गरे कि का. सिंहको उपर्युक्त भनाई सत्य थियो र कतिपयलाई त राजावादी भएको समेत देख्न पाइन्छ।

No comments:
Post a Comment