ईतिहास देखी वर्तमान सम्म नेपालमा मात्र नभएर विश्वमा नै राजनितिक सामाजिक सास्कृतिकआर्थिक लगायत विभिन्न प्रकारका राम्रा नराम्रा आन्दोलनहरु चल्दै आएका छन । विश्व ईतिहासको अगाडी नेपालको राजनितिक तथा अन्य सबै प्रकारका आन्दोलनहरु कान्छा छन । तर नेपालमा भएका राजनितिक आन्दोलनहरु संसारलाई र्नै धक्का दिने खालका भएका छन । यो विश्व मानवसमाजलाई नै धक्का दिएका आन्दोलनका उपलब्धिहरुलाई सहि ढंगले प्रयोग र रक्षा नसक्ने नेपालको सत्ता संचालन गरेर हिडेका नेपालका नेताहरुका अदुरदर्शी निर्णय र असक्षमताको कारण वर्तमान अवस्थामा नेपाल भीरको डीलमा पुगेको छ जून ईतिहासको धडिमा गम्भिर मोडमा पुगेको छ ।
नेपालको वामपन्थि तथा प्रजातान्त्रिक आन्दोलनहरु सधै नै सम्´ाैतामा गएर टुि¨एका छन जसले देशलाई गम्भिर असर पारीरहेको छ । वर्तमान अवस्थामा नेपाल साम्रज्यवाद र विस्तारवादको युद्ध स्थान वन्नको लागी आधार स्थल वन्दै गईरहेको कुरा नेपालका राजनितिक दल तथा नेताहरुलाई थाहा नभएको होइन तर इतिहासको मजाक आज देशको राष्ट्रियता नै गम्भिर संकटमा परेको छ जुन ईतिहासको नै भयाना संकट हो ।
अमेरीकी साम्राज्यवाद वाट आयतित जातिय नारा र भारातिय विस्तारवाद वाट आएको संधीयताले आज नेपालको सार्वभौमसत्ता सम्पन्न राष्ट लाई नव औपनिवेशिक मुलुकमा रुपान्तरण गर्न लागेको यो दृ्श्य नेपाली आमाका सन्तानहरुले हेरेर वस्नु परेको छ । नेपालमा संघीयता नेपाली जनताको चाहाना र इच्छा अनि नेपाल राष्टको आवाश्यकताले नभई भारातिय विस्तारवादको स्वार्थको लागी आएको हो भन्ने कुरा प्रस्ट छ । जव तराई मा जन्मको आधारमा लाखौं भारातियले नेपाली नागरीकता प्राप्त गरे त्यस पछाडी जनसंख्याको आधारमा चुनावी क्षेत्र निर्धारण सँगै संघीयता आएको हो जुन भारातिय विस्तारवादको डिजाईन मा वा नेपाललाई भारातिय संधमा मिलाउने योजना अनुसार आएको हो । नेपालको लागी संघीयता चाहिएको भए त ०६२ ६३ को ऐतिहासिक विश्व थर्काउने आन्दोलनमा कीनं ? संघीयताको नारा सुनिएन नेपालको वामपन्थि कम्युनिष्ट आन्दोलनमा अहिलेको एकीकृत माओवादीले श्रीलङकाको तमिलहरुको जातिय आन्दोलनलाई सर्मथन गरे पछाडी नेपालको कम्युष्निट आन्दोलनमा पृथकतावादी साम्प्रादायिकतावादी चिन्तनहरु हावी हुदै आए र आज देश साम्प्रदायिकतावादको खाल्डोमा फसिरहेको छ । विभिन्न खालका जातिय संघसंस्था एन जि ओ आ एन जि ओहरु लगाएत साम्प्रदायिक पार्टीले संघीयतालाई ओकेलेर साम्प्रादायिकवादलाई मलजल गरीरहेको हाम्रो देशमा १० बर्ष सम्म नयाँ जनवादी राज्यब्यवस्थाको कथित जनयुद्ध गरेको पार्टीले नै त्यहीसाम्प्रादायिक बाटो मा अगाडी बढेको छ जसले देशमा राष्ट्रिय संकट पैदा गरेको छ । सामान्तवादको नईके राजतन्त्रको अन्त्य भए पनि सामन्तवादी उत्पादन प्रणाली सामान्तवादी संस्कृती कायम छ । तमाम शोशित पिडित मजदुर किसानहरु सामन्तवादी उत्पादन प्रणाली वाट पिडित छन ।s्रन्तिकारी कम्युन्ष्टि आन्दोलन रक्षात्मक अवस्थामा छ ।देशमा गणतन्त्रको बच्चा जन्मेको छ यो देशको संक्रमणकालिन अवस्थामा गणतन्त्रको सृदृढ राष्ट्रियताको रक्षा अग्रागमी संम्वीधानको निर्माण गर्दै अग्रगमनको बाटोमा हिडनु पर्ने समयमा नेपाली राजनितिक रंगमंच पूर्ण रुपमा साम्रज्यवादको र विस्तारवादको सेवा गर्नको लागी आपासी लडाईमा छ । यो दुखदायि अवस्थामा नेपाली आमाको कन्चटमा गोली हान्नको लागी संघीयता आएको छ जुन नेपाली राष्ट्रियता माथिको इतिहाँसकै गम्भिर र भयानाक हमला हो ।
आज देशमा सामान्ति केन्द्रिकृत शाशनप्रणलीलाई अन्त गरी प्रजातान्त्रिक विकेन्द्रिकरणमा आघारीत स्थानिय स्वशाशन सहिको एकात्मक शाशन ब्यवस्थाको स्थापना गर्ने गणतन्त्रको सृदृढीकरण गर्ने राष्ट्रियताको रक्षा गर्ने र संघीयता लाई खारेज गर्नु नेपाली जनताको प्रमुख कार्यभार भएको छ । तर देशका ठुला पार्टीहरु सत्ताको लागी नै लडाई गरेका छन । आज जसरी संघीयताको आवाज आएको छ त्यो एक्लै आएको छैन जसमा संघीयतामा एक मधेश एक प्रदेश आत्मर्णियको अघिकार सहितको जातिय राज्य सँग जोडिएर आएको छ । तर नेपाल वहुजातिय वहुभाषिक वहुधार्मिक तथा वहुसास्कृतीक अखण्ड नेपालको रुपमा रहदै आएको छ । १०३ जाति रहेको रहेको नेपालमा अव संघीयताले हित गर्दैन भन्ने कुरा ब्यबाहारीक रुपमा संघीयतामा प्रवेश नगर्दै प्रस्ट भएको छ । देशका विभिन्न ठाउहरुमा भएका जातिजाति विचको लडाई ले पनि नेपालमा संघीयता ठिक छैन भन्ने सन्देश दिएको छ भने एक मधेश एक प्रंदेशका विरुद्धको वुलन्द आवाजले पनि ।
नेपाली जनताले ६० बर्ष सम्म गरेको लगतार संर्घषको फल संविधान सभा मार्फत नयाँ संविधान को निर्माण वैज्ञानिक तरीकाले प्रजातान्त्रिक विकेन्द्रिकरणमा आघारीत स्थानिय स्वशाशन सहिको एकात्मक शाशन ब्यवस्थाको स्थापना राज्यको पुर्नसंरचना गरी नयाँ नेपाल को निर्माण गर्नु पर्ने आवश्यकताका विरुद्ध जुन प्रकारको जातिवादी क्षेत्रियतावादी साम्प्रदायिकवादी र विखण्डनवादी चिन्तन र आन्दोलन उठेको छ यो साम्प्रदायिकतावाद नेपाली जनताले ६० बर्ष सम्म गरेको लगतार संर्घष गरेर आएको संविधान सभाका विरुद्धमा छ । संविधान निर्माणको विषयलाई प्राथमिकतामा राखेर समयमा नै संविधान निर्माण गरेर देशलाई अग्रगामी निकासको बाटो दिनु बाहेक अर्को विकल्प छैन । र अर्को पक्षलाई ध्यान दिदाँ संविधान सभाले नै देशलाई विखण्डनको दिशा मा लग्यो भने भोलीको नयाँ ईतिहाँसले यो संविधान सभाको ईतिहाँसलाइ माफी दिने छैन । संविधान सभा वाट नै देश विखण्डन हुने प्रणाली संधीयता स्वीकृत भयो भने त यसको औचित्ता नै के हो प्रश्न गम्भिर भएर उठेको छ ।एउटा नेपाल चल्नको लागी त आज बिदेशीहरुको सहयोग बिना असम्भव जस्तै भएको छ अब कसरी चल्न सक्छन १५ / २० वटा नेपाल त्यो पनि भिभिन्न जातजातिहरु लाई राज्यको विला लगाएर । सदियौ देखि शोषण अन्याय अत्याचार र थिचोमिचो मा परेकाहरुलाई त राज्य होइन अधिकार चाहिएको हो । राज्य बाँडेर कसरी मुक्ति हुन्छ शोशित पिडितको यो त शोशणमा परेका जनतालाई झन शोशण गर्ने शाशन ब्यवस्था हो
मुलुकको चेहेरा खतरनाक रुपमा आएको छ । साम्राज्यवादी र विखण्डनवादीले नेपालको वामपन्थि कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्नको लागी नै जातिय युद्ध र संघीयता नेपालमा थोपरेका छन जसले नेपाली आमालाई पहिला विला लगाउने र अन्त मा समाप्त पार्ने छ छ । संघीयता नेपालमा पिछडिएको वर्ग जातजाति जनजाति मजदुर किसानहरुको विरद्धमा छ । आज जुन जातिय आधारमा संघीयता लागू गरीन्छ भोली त्यो जाति वा जनजाति को भविष्य र्नै अन्धकारमा रुमलीने छ । त्यसैले आज देशमा संघीयता विरुद्धको लडाइ भारातिय विस्तावाद र अमेरीकी समाम्राज्यवाद विरुद्धको लडाई हो राष्ट्रिय स्वाधिनताको लडाई हो । त्यसैले सम्पुर्ण नेपाली जनताहरु संघीयताको निर्णय खारेज गराउन हात मा हात मिलाएर राष्ट वचाउन एक होऔं । सबैको भविष्य सुन्श्चित गरौं ।सम्पुर्ण युवा बिद्यार्थीहरु,वकिल, पत्रकार , कर्मचारी, बुद्धीजिबी, मजदुर, किसान, ज्यामी सबै एक होऔं राष्ट बचाउने अभियानमा लागौ ।
No comments:
Post a Comment