Friday, 10 December 2010

एकता समाज यूएई द्वारा आफ्ना सदस्यलाई बिदाइ



कृष्ण जिसी -नेपाली एकता समाज यूएईले आफ्ना एक सदस्यलाई गत शुक्रबार दुबइमा बिदाइ गरेको छ । रोजगारको शिलशिलामा सम्युत्त अरब एमिरेट्स यूएईमा आएका अर्घाखाँची ढाकावाङका राम प्रशाद खनाल लाई समाजले बिदाइ गरेको हो । खनाल बिगत ४ वर्ष देखी यूएईमा कार्यरत थिए ।उनी नेपाली एकता समाज दुबइ छेत्रीय समितीका  सदस्य  थिए भने नेपालको संघीयता बिरुद्द राष्ट्रिय सघंर्ष समिती यूएईका केन्द्रिय सदस्य तथा समितिका अल्कुज एरिया समिती सम्योजक समेत रहेका थिए । प्रवासमा रहदा पनि नेपाली एकता समाज र राष्ट्रप्रती देखाएको माया तथा राष्ट्रियता प्रतीको खनालको भावनाको सम्मान स्वरुप एकता समाज यूएईले दुबईस्थित बरदुबईमा रहेको क्रिक पार्कमा उन्लाई एक बिशेष कार्यक्रमका साथ सम्मान गर्दै बिदाइ गरेको हो ।

स्वदेशमै केही गरी गुजारा चलाऊने उद्देश्यले नेपाल फर्किने क्रममा रहेका खनाललाई एकता समाज दुबइ छेत्रीय समितीले दोसल्ला ओडाएर सम्मानका साथ स्वदेश फर्किने क्रममा रहेका आफ्ना अधक्ष्य लाई बिदाइ गर्यो भने समाजका केन्द्रिय अधक्ष मानबहादुर थापा ले खादा ओडाएर सम्मान एवम बिदाइ गर्‍यो ।
सो बिदाइ कार्यक्रम समाजका दुबइ छेत्रीय समितीका सल्लाहकार लाल बहादुर पुनको शभापतित्व,नेपाली एकता समाज यूएईका केन्द्रिय अधक्ष्य मानबहादुर थापाको बिशेष आतिथ्यता,सघींयता बिरुद्द राष्ट्रिय अभियान दुबइ छेत्रीय समितीका सचिव साहित्यकार एवम गजलकार माइनस प्लस संग्रौला,नागरिक समाज यूएईका अधक्ष्य एस के भण्डारी, जनवादी तथा रत्तिम कलाकार डम्बर भण्डारी,चिरन केसी,समाजका शिवराज जैसी,प्रकाश जिसी,भोज राज पोख्रेल,तुल्सी थापा,लेखनाथ अधिकारी, लगायत अन्य पदाधिकारीको आतित्थ्यतामा सम्पन्न कार्यक्रममा उपस्थित सम्पूर्णले बिदाइ मन्तब्य राखेका थिए ।

No comments:

Post a Comment