Friday, 10 December 2010

अन्तर्राष्ट्रिय नेपाली एकता समाजकेन्द्रीय कार्यालय काठमाडौंको प्रेस वक्तव्य

विभिन्न पेशा तथा रोजगारका लागि विश्वका विभिन्न मुलुकहरुमा गएकानेपालीहरुको संगठन अन्तर्राष्ट्रिय नेपाली एकता समाजको तेस्रोअन्तर्राष्ट्रिय भेला २०६७ कार्तिक ८ गतेका दिन काठमाडौंमा सम्पन्न भएकोछ ।तीन चरणमा सम्पन्न सो भेलाको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाकाअध्यक्षँ तथा सभासद् का। चित्रबहादुर के।सी। ले गर्नुभयो । भेलाकोउद्घाटन पश्चात् आफ्नो उद्घाटन भाषणमा का. के.सी.ले भन्नुभयो ूभारतमा ७जनाबाट शुरुवात भएको संगठन अखिल भारत नेपाली एकता समाज अहिले भारतव्यापीभएको छ । अहिले खाडी मुलुक यूरोप एसिया अमेरिका लगायतका महादेशका करिवडेढ दर्जन मुलूकहरुमा स्थापना भएका र हुन लागेका नेपालीहरुको संगठनलाईपनि यो भेलाबाट त्यसैगरी संगठन विस्तार गर्नमा अझ ठोस योजनाका साथ मद्दतपुग्नेछ ।ू का। के।सी।ले अगाडि भन्नुभयो ूअन्तर्राष्ट्रिय नेपाली एकतासमाजले देशमा गणतन्त्रको संस्थागत गर्न र देशलाई संघीयतामा लैजान नदिनकालागि विश्वव्यापी रुपमा अझै ठोस पहल गर्नु जरुरी छ । ू सो समारोहमा अखिलमलेसिया नेपाली एकता समाजको तर्फबाट डिलाराम बुढाथोकी अखिल अरब नेपालीएकता समाजको तर्फबाट केशव आचार्य तथा मूल प्रवाह अखिल भारत नेपाली एकतासमाजको तर्फबाट मित्रलाल शर्माले भेलाको सफलताको शुभकामना दिनु भएको थियो।कतार एकता समाजका प्रतिनिधि अर्जुन थापाको स्वागत तथा अखिल मलेसियानेपाली एकता समाजका पूर्व अध्यक्षँ आनन्द शर्माद्वारा संचालन गरिएको सोसमारोहको सभापतित्व अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सभापतिदुर्गबहादुर के।सी। ले गर्नु भएको थियो । समारोहमा शहीदहरुको सम्मानमा एकमिनेट मौन धारण गरिएको थियो । उद्घाटन समारोह सकिए पछि दोस्रो शेषनबन्दशत्र शुरु भयो ।
 अर्जुन थापाद्वारा संचालन गरिएको सो सत्रकोसभापतित्व डिलाराम बुढाथोकीले गर्नुभयो । बन्दसत्रमा विभिन्नप्रस्तावहरुमाथि छलफल भयो । अन्तर्राष्ट्रिय नेपाली एकता समाजकासल्लाहकार सदस्य गिरीधारीलाल न्यौपाने तथा कार्यालय सचिव नारायण बन्जाडेखुलारुपले नै संगठनविरोधी अनुशासनविहीन तथा फुटपरस्त गतिविधिमा संलग्न भैकाम गरेकोमा दुवैजनालाई भेलाले अनिश्चितकालका लागि पद तथा साधारण सदस्यसमेतबाट निस्कासन गरेको छ । भेलामा अन्तर्राष्ट्रिय एकता समाजका सभापतिदुर्गबहादुर के।सी। ले १९ सदस्यीय कार्य समिति तथा ३ सदस्यीय सल्लाहकाररहेको प्यानल प्रस्तुत गर्नु भयो । व्यापक छलफलपछि हाउसमा सो प्यानलपारित गरियो ।बन्दसत्रपछि समापन समारोह शुरु भयो । समारोहमा दुर्गबहादुर के।सी।लेमित्रलाल शर्मा भारत अध्यक्ष रहेको १९ जनाको समिति तथा ३ सदस्यीयसल्लाहकार गरी २२ सदस्यीय नवनिर्वाचित कार्य समितिको घोषणा गर्नुभयो ।जसमा उपाध्यक्ष मानबहादुर थापा युएई महासचिव राजेन्द्र श्रेष्ठ कतार सचिवरामबहादुर बस्यालसाउदी अरब कोषाध्यक्षँ दलबहादुर गाहा बहराइन सदस्यहरुतोयनाथ कंडेल बेल्जियम लालबहादुर पुन यूएई जुद्धबहादुर नेपाली मलेसियाधनबहादुर के।सी।बेलायत विष्णु के।सी।जापान शोभाकान्त लामिछाने ओमनसक्तमान बुढामगर हङकङ पौरख के।सी। अस्टे्रलिया अर्जुन थापा कतारकृष्णबहादुर पछाई अमेरिका भागिलाल घर्तीमगर दक्षिण कोरिया र ४ स्थानरिक्त रहेका छन् । त्यसैगरी सल्लाहकारमा दुर्गबहादुर के।सी।भारत तुफानके।सी।जापान र गुमनाथ सुवेदी बेल्जियम रहेका छन् । कार्य समितिको बैठकले३ सदस्यीय सचिवालय गठन गरेको छ । जसमा अध्यक्ष मित्रलाल शर्मा उपाध्यक्षमानबहादुर थापा र महासचिव राजेन्द्र श्रेष्ठ रहनुभएको छ । बैठकलेकेन्द्रीय कार्यालय काठमाडौंमा राख्ने ठेगान गरेको छ ।नवनिर्वाचित अध्यक्ष मित्रलाल शर्माले कार्य समितिको तर्फबाट सपथग्रहणतथा प्रतिबद्धता प्रकट गर्दै संक्षिप्त मन्तव्य दिनुभयो । नयाँ कार्यसमितिलाई राष्ट्रिय जनमोर्चाका उपाध्यक्षँ तथा सभासद् सन्तबहादुरनेपालीले बधाई दिनुभयो । अन्तमा सभापतिको तर्फबाट भेलाको समापन गरिएकोघोषणा गरियो ।

No comments:

Post a Comment