Monday, 3 September 2012

तिजको लयमा एउटा गीत गाउँछु है

– कल्पना पौडेल “जिज्ञासु”
तिजको लयमा एउटा गीत गाउँछु है
मनको बेदना गीतमै पोख्छु है

जहिले सुकै नारीमाथि अत्याचार भैरहने
कहिलेसम्म लाचार बनि सबै सहिरहने

श्रीमानले हत्या गरे नातिले बलात्कार
नयाँ युगमा पनि हाम्लाई कस्तो व्यभिचार

आठ वर्षे बालिकानी बलात्कृत भएका छन्
बोक्सी भनी महिलालाई के के ख्वाएका छन्

पद अनि पावरको धम्की दिंदै ठगेर
जिउँदै चेली जलाका”छन् जंगल लगेर

नारीमाथि हिंसा यो दिनहुँ बढ्दैछ
कानुनको नजर खै कता मर्दैछ
नारी हामी सबै मिलि यसको रोकथाम गरौं है
महिला हिंसा हटाउन अघि बढौं है

गैंडाकोट–४, नवलपरासी, (हाल इजरायल)

No comments:

Post a Comment