Wednesday 13 February 2013

गजल (प्रेम दिवस बिशेष )

प्रेम दिवस आएपनी तिमीबिना के गर्छु म ?
समिपैमा आइदेउ प्रिय अङालोमा भर्छु म

गुलाबको फुल दिएर आइ लभ यू भन्नु है ?
शर्माउदौ नजर झुकाइ तिमीतिरै सर्छु म

तिम्रो साथ पाए पुग्छ अरु चाह छैन मलाई
अटल प्रितीको सुगन्ध तिमी माथिनै छर्छु म

मदहोस् भै सबै प्रेमी प्रेमिका लुप्त हुन्छन
तिम्रै कमी महसुस हुन्छ र इर्श्याले मर्छु म

सात समुन्द्रको बिचमा आसाको पुल बाधेर
पर्खिनेछु आउनु है त मिल्ने भरमा पर्छु म

कल्पना पौडेल "जिज्ञासु"
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

Tuesday 4 December 2012

विश्वमा अन्तराष्ट्रिय नेपाली एकता समाजका सन्जालहरु फक्रदै


विश्वमा अन्तराष्ट्रिय नेपाली एकता समाजका सन्जालहरु फक्रदै गैरहेका छन, यसरी समाजका सन्जालहरु फैलनुका पछाडि एकता समाज मजदुर हरुको हक र हितको लागि समर्पित बन्नु नै हो। हुन पनि विश्वमा जहाँ नेपाली त्यहा एकता समाज गठन भैरहेको छ। २०१२ अक्टोबर ३० मा बसेको अन्तराष्ट्रिय नेपाली एकता समाज केन्द्रिय समितिको बैठकले आफ्नो सन्जाल को सम्भाबिक श्रेत्र इज्रायल्,दक्षिण कोरिया,र अमेरिका मा बैधानिक रुपले सङ्गठन गठन ...
गर्ने निर्णय गरेको थियो। जहाँ आज सम्म एकता समाज आन्तरिक रुपले चलिरहेको छ।आज सम्म ति देशहरुमा नेपालीहरु सिमित मात्रामा भएकोले आन्तरिक रुपले चलाऊदा पनि केही हद सम्म मजदुरका समस्या समाधान भएका थिए भने आज आएर उल्लेख्य रुपमा नेपाली मजदुरहरु ति देशहरुमा पुगेका र ति मजदुरहरुले आफ्नो समस्या समाधानको लागि पनि एकता समाज आवश्यकता भएको जानकारी दिदै बैधानिक रुपले नै एकता समाज गठन हुनुपर्ने माग बारम्बार गरेकाले र आफ्ना देशका मजदुरहरुको समस्या समाधान गर्न को लागि एकता समाज बैधानिक रुपले गठन गर्न लागिरहेका छौ भन्नु हुन्छ एकता समाज का केन्द्रिय अध्यक्ष मित्रलाल शर्मा ।
दक्षिण कोरियामा नेपाली एकता समाज गठनको प्रक्रिया तत्कालै अगाडि बडिरहेको हुँदा दक्षिण कोरियामा रहनु भएका हाम्रा सुभचिन्तक साथीहरुले निम्न फोन मा वा ईमेल मा संपर्क गरी सुझाब सल्लाह र सहयोग गरी दिनुहुनको लागि अन्तराष्ट्रिय नेपाली एकता समाज बिनम्र अनुरोध गर्दछ।

संपर्क-बिदुर शर्मा 
फोन नम्बर-००८२१०३१४८६२६२ 
ईमेल-sharma_bidur@yahoo.com
स्मरण रहोस कि- आज सम्म अन्तराष्ट्रिय नेपाली एकता समाजका सन्जाल लगभग २८ वटा देशमा स्थापित छन।

यो दिल भित्र सधै तिम्रै नाम लेख्छु


यो दिल भित्र सधै तिम्रै नाम लेख्छु

आँखा खोले तिमि आँखा चिम्ले तिमि जे गरेनी मत तिम्लाई मात्रै देख्छु....
नबोदित गायिका रत्ना बराइली को पहिलो प्रस्तुतिका रुपमा यो गीत अहिले विभिन्न संचार माध्यमहरुमा
 प्रसारण भैरहेको छ,लोकप्रिय गायक बिमल डाँगी संगको सहकार्यमा तयार भएको यो गीतलाई लोकसंगीतका पारखीहरुले निकैनै मन पराएका छन् यो गीतको सी आर बि टी- ०१६००१६४१४, पी आर बि टी -६०५१६७९८ रहेको छ,साथै छिटै नै कतार,दुबई,बहराइन लगाएतका देश हरुको लागि पनि डिजिटल नं. आउने
 कुरा बिन्दबासिनी म्युजिक ले बताएको छ, |
नेपालीकी छोरी भन्छौ खैत गुन्यु चोली
हातमा चुरोट खैरो कपाल अंग्रेजीमा बोलि
भुलेउ क्यारे तिम्ले हाम्रो भाषा भेषलाई

तर कैलेई नभुल प्राण भन्दा पनि प्यारो हाम्रो देशलाई

बिन्दबासिनी म्यूजिकले बजारमा ल्याएको यो एल्बम भित्र माया-पिरतीका बिषय संगै नेपाली संस्कृति,भाषा-भेषका
 कुरा हरु समेटिएको यो अर्को गीत पनि समाबेश रहेको छ,जुन गीतलाई सम्भब भए सम्म अमेरिकामै शुटिंग गर्ने सोच गायिका रत्ना बराइलीले को रहेको छ |पहिलो प्रयाशमै सबैले राम्रै प्रतिक्रिया दिएका कुरा रत्ना बताउछिन |
भबिस्यमा अझै राम्रा-राम्रा गीत स्रोतामाझ ल्याउने र नेपाली गीत-संगीतमा निरन्तर रुपमा लाग्ने
 प्रण गरेकी रत्नाको यो अल्बम सफल हुने कुरामा सफल गायक/संकलक बिमल डाँगी ढुक्क छन् |चल्तिमै रहेका गायिका भन्दा रत्नाको गायनशैलीमा कुनै कमि नभएको र नियमित अभ्याश गरेमा रत्नाले सबै किसिमका गीत गाऊन सक्ने कुरा बिमल डाँगीले बताए |

Sunday 4 November 2012

प्रवासीले पत्रकारलाई पुरस्कार दिने

गोपाल कंडेल
बागलुङ/जिल्लाबाट प्रवासमा गएर पनि विभिन्न सामाजिक क्रियाकलापमा क्रियाशिल रहेका युवाहरुको संगठन बागलुङ सेवा समाज यूएईले बागलुङ जिल्लालाई कार्यथलो बनाएर पत्रकारिता गर्ने २ जना पत्रकारलाई पुरस्कृत गर्ने भएका छन् ।
समाजको निर्णय अनुसार बागलुङमा क्रियाशिल १ जना महिला र एक जना पुरुष पत्रकारलाई जनही नगद ५ हजार रुपैयासहित पुरस्कृत गरिने समाजका महासचिव केदारसि“ह नेपालीले जानकारी दिनुभयो । पुरस्कारका लागि पत्रकारहरुको छनौट गर्नका लागि नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष रामबहादुर जिसीको संयोजकत्वमा ७ सदस्यीय छनौट समिति गठन गरिएको छ ।
समितिमा बागलुङ सेवा समाज यूएईका महासचिव केदारसिंह नेपाली, नेपाल प्रेस यूनियन बागलुङका सल्लाहकार जगन्नाथ आचार्य, प्रेस चौतारीका केन्द्रीय सदस्य रामकृष्ण शर्मा, क्रान्तिकारी पत्रकार संघ बागलुङका सल्लाहकार कृष्ण केसी, क्रान्तिकारी पत्रकार महासंघ बागलुङका अध्यक्ष महेन्द्र घर्ती र प्रगतिशिल पत्रकार संघका विजय राना रहनु भएको छ ।
समितिले पत्रकारहरुको छनौट गरेपछि कार्तिक महिनामै उक्त पुरस्कार प्रदान गरिने महासचिव नेपालीले जानकारी दिनुभएको छ । बागलुङ सेवा समाज यूएईले गतवर्ष रेश गाविसमा पहिरोमा परी पीडित भएकाहरुका लागि आदर्श सञ्चार सहकारी संस्था लि. बागलुङले सञ्चालन गरेको पहिरो पीडित राहत कोष मार्फत पीडितहरुलाई ३० हजार रुपैया“ आर्थिक सहयोग गरेको थियो ।

Thursday 11 October 2012

एकान्त यो प्रहरमा घर सम्झी रुन्छु सधैं


एकान्त यो प्रहरमा घर सम्झी रुन्छु सधैं
रात भरी रुदै आसुले सिरानी धुन्छु सधैं

प्रबासी यो जिन्दगीमा ठक्कर हन्डर खादा
अतासिन्छु रुदै अन्जुलिले मुख थुन्छु सधैं

कस्ले बुज्नु मेरो बेथा धेरै दु:ख पाएकीछु
खानु छैन पेट भरी भोको पेटमै सुत्छु सधैं

सम्झिदा आफन्तलाई छिया छिया हुन्छ मन
सन्तानको झल्को आउँदा पागल झै हुन्छु सधैं

उन्कै नाम लिदै म बर्बराउछु निदरिमा
सपनीमा आमा भनी बोलाएको सुन्छु सधैं

कल्पना पौडेल "जिज्ञासु"
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

प्रवासी नेपाली संघ यूएइको आयोजनामा बडा दशैं २०६९ को उपलक्ष्यमा पिकनिक कार्यक्रम गर्ने तयारी


उत्तम अधिकारी, यूएइ - बडा दशैं २०६९ को आगमन संगै मानिसहरूको चहल पहलले यतिबेला नेपाली बजार रंगिएको छ र नेपाल भरी बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरू धमाधम आयोजना भई रहेका छन् । यतिबेला स्वदेशमा मात्रै हैन प्रवासमा रहेका नेपाली समुदायहरू पनि उत्तिकै तातेका छन् । युएइ प्रवासमा गत केही समय देखि हप्तै पिच्छे बिबिध सांस्कृतिक कार्यक्रमहरूको आयोजना निरन्तर भईरहेका छन् । यहाँ धेरै नेपाली संघ संस्थाहरू भएका कारण प्राय कार्यक्रमहरू जुध्ने पनि गरेका छन् । त्यसो त युएइ प्रवासमा नेपाली श्रमिकहरूको उपस्थिती पनि ठुलै संख्यामा रहेको कारणले कार्यक्रमहरू जुध्दा समेत तिनमा दर्शकको उपस्थिती बाक्लै हुने गरेको छ ।  
यसै शिलशिलामा बिजया दशमीको नजिकै पारेर बिगत लामो समय देखि युएइ प्रवासमा कार्यरत प्रवासी नेपाली संघ युएइले "बडा दशैं २०६९ को भेटघाट तथा शुभकामना आदान प्रदान सहितको पिकनिक"  कार्यक्रमको आयोजना गर्ने भएको छ । आगामी १९ अक्टोबर २०१२ का दिन दुबइको जाबिल पार्कमा आयोजना हुने उक्त कार्यक्रमका संयोजक संघका केन्द्रीय सदस्य तथा प्रवासी नेपाली युवा संघ युएइका अध्यक्ष महेश गिरीले दशै समस्त नेपालीहरुमा निकटता र भाइचारा बढाउने तथा एक आपसका तिक्तता र कटुताहरू मेट्दै सामिप्यता बढाउने र दु:ख पीडाहरू भूलेर एक आपसमा मिलेर खुसियालिपुर्बक साथ साथ मनाउने राष्ट्रिय पर्वको रुपमा रहेकाले प्रवासी नेपाली संघले युएइ प्रवासमा रहनु भएका सम्पुर्ण संगठन, संघ संस्थामा आबद्ध नेपाली समुदाय तथा आम नेपाली दाजुभाइ, दिदिबहिनिहरूलाई कार्यक्रममा सहभागी हुनको लागि अनुरोध गर्नु भएको छ । 
उक्त भेटघाट तथा शुभकामना आदान प्रदान सहितको पिकनिक कार्यक्रमका व्यवस्थापन प्रमुख संघकै केन्द्रीय सदस्य प्रकाश कोइरालाका अनुसार कार्यक्रमलाई रोचक र मनोरन्जनात्मक बनाउनका लागि शुभकामना आदान प्रदानका साथ साथै नाचगान र दुई चरणको खानाको व्यवस्था गरिएको छ । "दशै भन्ने बित्तिकै अधिकांस नेपालीहरूको घर घरमा खसी काटेर रमाइलो गरि मनाइने पर्ब भएकाले हमिले पनि यस कार्यक्रममा ४ वटा खसी काटेर परिवारको साथमा नेपालमै भएको झल्को आउने गरि कार्यक्रमको तयारी गरेका छौं", उहाँले भन्नु भयो । उहाँका अनुसार कार्यक्रममा सरिक हुनेहरुका लागि बिशेष पासको व्यवस्था गरिएको र कार्यक्रमको अघिल्लो दिन सम्म पास लिईसकेकाहरूलाई मात्रै कार्यक्रममा समाबेश गराइने तथा अबुधाबीबाट कार्यक्रममा सरिक हुनेहरुका लागि आयोजकको तर्फबाट यातायातको व्यवस्था समेत मिलाइएको छ । 
कार्यक्रमको पास प्राप्त गर्न तथा अन्य बिबिध जानकारीको लागि निम्न व्यक्तिहरू सँग सम्पर्क गर्नको लागि संघले सबैमा अनुरोध गरेको छ ।
सम्पर्क
महेश गिरी (आबुधाबी) 055-1835640, उत्तम अधिकारी (अबुधाबी) 050-5365629, गितामणी पाण्डे (दुबइ) 055-7561292, युबराज भुसाल (दुबइ) 050-7295790, भिम गुरुङ (जेबेल अली -दुबइ) 055-9911417, प्रकाश कोइराला (शारजाह) 050-6581443, श्याम कंडेल (शारजाह) 055-1325432, लीला प्रसाद उप्रेती (बिदा जायेद) 055-4491705, श्याम पाठक (अल ऐन) 050-9085503, लक्ष्मण अधिकारी (अल ऐन)  055-3178201, नबराज पौडेल (रास अल खैमाह)  050-7380834

कार्यक्रम 
मिती : १९ अक्टोबर २०१२ शुक्रबार
समय : दिनको १ बजे
स्थान : जाबिल पार्क (दुबइ)

Friday 28 September 2012

सुर्य र चन्द्र अंकित झन्डा हाम्रो झुक्ने छैन

सुर्य र चन्द्र अंकित झन्डा हाम्रो झुक्ने छैन
जलको धनी नेपाल यो कहिल्यै सुक्ने छैन

सान्तिको देस पौरखी हात गर्दैनौ गुलामी
निसानी छोडि दुनियाँ माझमा चुक्ने छैन

चिनारी हाम्रो विश्वभरमा गोर्खाली नामको
कुनै देस सामुन्ने शरण पर्न पुग्ने छैन

अस्तित्व राख्दै देसको हाम्रो अगाडि बढेर
लक्ष्यमा पुग्दै शिखर चुम्छौ रुक्ने छैन

सद्ज्ञानको अर्थी बाढौ बुद्धको यो देसमा
सान्ती छाए नेपालमा कसैले थुक्ने छैन

कल्पना पौडेल 'जिज्ञासु'
–गैंडाकोट–४ नवलपरासी, (हाल इजरायल)