आजनेपालको युवा जनशक्तिको मुख्य ध्यान वैदेशिकरोजगार तर्फ केन्द्रित हुंदै गएको छ। सरकारी तथ्यांक अनुसार दैनिक ७११ जना नेपालको एयरपोर्टबाट बाहिर जान्छन् भने भारत भएर विदेशजाने र भारतमा नियमितरूपमा जाने युवाजनशक्ति यथावत छ। युवाहरू देश विकास सामाजिक सम्यता,आर्थिक उत्पादन र राजनैतिक संघर्षका आधार स्तम्भ एवं मेरूदन्ड हुन्। जुन मुलुकका युवाहरू आफ्नो मुलुकमा बसेरश्रम,सिप क्षमतालाई प्रयोग गरी उत्पादनमा सहभागीता, सांस्कृतिक सामाजिवक वैचारीक चेतनामा वृद्धि र हरेक न्यायपूर्ण तथा राष्ट्रिय स्वभामावताको आन्दोल्कनमा आफुलाई समाहित गराएका हुन्छन् ती मुलुकहरू आर्थिक रूपमा मात्र नभएर सभ्यता,प्रविधि,सांस्कृतिक रूपमा नै सम्पन्न भएका हुन्छन्। युवाहरूमा हुन् विद्रा्ेही स्वभाव र परिवर्तन प्रति आकांक्षाका कारण शोषण, उत्पिडन र पराधिनता विरूद्धको आन्दोलनलाई भौतिक शक्ति संघर्षको मुख्य आन्दोलनलाई उचाइमा पुग्ने गर्दछ।
चीनमा सन् १९१९ भन्दा ब्रिटिसले प्रसस्तमात्रामा आफिम निर्यात गर्दथ्यो। त्यहाँ युवाहरू अफिमको नशाबाट लन्थिे त्यसबेला चीनमा विभिन्न साम्राज्यवाद राष्ट्रहरूको बजार अर्धऔपनिवेशिक अवस्थामा गुजि्रएको थियो। जापानको पराधिनता स्वीकार गर्न बाध्य थियो। तर सन् १९१९को मे ४ मा राष्ट्रघाति भ्रत्साइलको सन्धिको विरोधमा पेकिड्ड विश्व विद्यालयमा पढ्ने युवा विद्यँर्थीहरूको पहलमा उक्त राष्ट्रघाति सन्धिको विरोधमा उठेको आन्दोलनले चीनभरीका जनतालाई झक्झकायो, राष्ट्रिय स्वाभिमानताको आन्दोलन तीब्रारूपमा अगाडि बढ्यो। यसरी अगाडि बढेको राजनैतिक जागरण शुरूवातको पृष्ठभूमिबाट सन् १९२१को चीनियाँ कम्युनिष्ट पार्टीको गठन भयो। जसले सन् १९४९ मा जापानी साम्राज्यवाद र घरेलु सामन्तवाद चीनलाई मुक्तगरी नयाूजनवादी व्यवस्थाको स्थापना भयो। सन् १९३९ देखि मे फोर को दिनलाई चीनले युवादिवसको रूपमा मनाउूदै आएको छ। जुन दिन चीनमा युवाहरूलाई मात्र नभएर चीनभरी राजनैतिक चेतनाको जागरण शुरूवात भएको थियो।
हाम्रो मुलुकमा सन् १९४७ को गोर्खाभर्ति केन्द्रले नेपाली युवाहरूलाई विदेशपलायनको शुरूवात अहिले एउटा संस्कृतिको रूपमा विकास भईसकेको छ। आजसम्म आइपुग्दा विदेशी पलायन सबै प्रकारका युवा जनशक्ति, दक्ष अर्धदक्ष र अदक्ष छ। युवा जनशक्तिको विदेश पलायन हुंदै गएको छ। राम्रो इन्जिनियर, डाक्टर, पाइलट, प्रोफेसरहरू जुन राष्ट्रलाई अति आवश्यक शक्ति त्यो शक्तिले आफ्नो राष्ट्रियता र स्वाधिनतालाई छोडेर विश्वका विभिन्न मुलुकहरूमा पलायन भइसकेको छ। दोस्रो मानसिकश्रम बेच्न सक्ने तर अर्धदक्ष र मध्यम वर्गीय युवाहरू वैवाहिकसम्बन्ध, ग्रिनकार्ड र अध्ययनका आधारमा विदेश पलायन भइरहेको र यो यी दुवैथरी युवाशक्ति राष्ट्र र राष्ट्रियताका भावनाबाट धेरै टाढा भइसकेको छ। अर्को तेस्रो प्रकारको अदक्ष युवाशक्ति जुन गाउूमा बसोवास गर्दछ। शिक्षाबाट बन्चित छ सबभन्दा धेरै छ। यो प्रकारका युवा शक्तिले शिक्षावाट मात्र बन्चितछैन यसले सिप र प्रविधिबाट पूर्णरूपले बन्चित छ। जसलेगर्दा जोखिमपूर्ण र सस्तो मुल्यमा शारीरिक श्रम बेच्न बाध्य छ। यसप्रकारका युवाशक्तिको जोखिमपूर्ण काम र ४५ देखि ५५डिग्री तापक्रममा कामगर्न पर्ने कारण दैनिक दर्जन युवाको लाश एयरपोर्टमा आउने गर्दछ।
यसरी वैद्धिकश्रम तथा अर्धदक्ष प्रकारका युवाहरू सदाको लागि मुलुकबाट पलायन हुंदैछ। तेस्रो प्रकारका युवाहरू शारीरिक श्रम बेच्न गएका युवाहरू उत्पादनका साधनहरूमात्र भएका छन् र उनीहरूको मुख्य ध्यान परिवारको दैनिक खर्च चलाउनमा मात्र सिमित हुन पुग्ने बाध्यता हुंदैगएको छ। यसप्रकारका युवाहरू एकातिर आफ्नो दक्षताका अभावका कारण अत्यन्त जोखिमपूर्ण प्रतिकुल वातावरण र सस्तो मुल्यमा श्रम बेच्न बाध्य भएका छन् र जसले गर्दा उनिहरू दैनिक पारिवारिक खर्च चलाउन पनि कठिन अवस्थामा छन्। तर घरपरिवारका सदस्यहरूको एकातिर खर्चकोवृद्धि र सिमित भएको जमिन बाूझो हुंदैछ घर परिवारमा पारिवारीक असन्तुलन र विकृतिहरू बढ्दै गएको यसप्रकारका युवाहरूले ५/१० वर्ष विदेशमा समय विताई सकेको हुनेहुंदा उनिहरूमा एकातिर देशमा आएर श्रोत, साधन र श्रमलाई प्रयोगगर्ने मानसिकताबाट विमुख हुन्छन् भने सामाजिक र सांस्कृतिक चेतना विहिन हुंदै गएको अवस्था छ। यसले उनिहरूमा उपभोक्तावादी सांस्कृतिकले पछ्याउने र विवेक, विश्लेषण तर्क र योजना विहिन हुंदै अरूद्धारा निर्देशित तथा अन्धभक्तवादी प्रभावमा पर्दै गएका छन्।
यसरी सरकारी तथ्यांक अनुसार दैनिक नेपालको एयरपोर्टबाट ७११ जना जान्छन् भने भारतमा र भारतीय बाटो हुंदै पनि विदेशिएका छन्। सन् १९४७ को गोर्खा भर्तिकेन्द्र नेपालीयुवाहरू भाडाको सिपाही हुंदै आएका छन् प्रथम र दोस्रो विश्व युद्धमा साथै विभिन्न देशमा गोर्खाली सेनाहरू विदेशीहरूको लागि मृत्यु भएका छन् अपांग भएका छन्। विदेशमा नेपालीहरूको परिचय भाडाको रूपमा किन्ने वस्तुको रूपमा चिनाइएको छ। आफ्नो देशको शिक्षक, कर्मचारी हुनुभन्दा कुनै विदेशी मुलुकको सीपाही हुनुमा उनीहरू गौरव मान्दछन्। आजसम्म आइपुग्दा त्युप्रकारको श्रृंखला रोकिएको छैन अरू तिब्रतर रूपमा बढेको छ। अहिले देशमा राजनैतिक अवस्था परिवर्तन भए पनि सरकारमा गएका दलहरू मुख्यत एमाले, कांग्रेस, माओवादीहरूले युवा जनशक्तिलाई स्वेदशमा रोजगारको व्यवस्था गर्ने भन्दा पनि विभिन्न मुलुकहरूमा युवाहरूलाई विदेश पठाउने र रेमिट्यान्सबाट राज्य चलाउने दिशामा उद्धत छन्।
आजसम्म आइपुग्दा युवा जनशक्ति एकप्रकारले विदेशी राष्ट्रहरूका लागी जसरी उत्पादनका साधनको रूपमा प्रयोग हुंदै जाूदा अब सिंगो मुलुक अनुत्पादक जमातको भीड हुनेछ। विदेशी उत्पादित मालको बजार मा रूपान्तरण हुने र शक्ति राष्ट्रहरूको क्रिडास्थलमा बदलिंदै छ। सरकार प्रशासन र सुरक्षा क्षेत्रमा विदेशी शक्तिहरूको आर्थिक प्रभावका कारण राष्ट्रियतालाई विदेशी मुद्रा (डलर) ले खरिद गर्दै जाने छन् र सिंगो मुलुकको स्वाभिमानता नै गर्लम्म ढल्ने अवस्था आउने छ। त्यसकारण आज राज्य स्तरबाट गैरसरकारी संस्थाबाट मुलुकको उत्पादनशिल र उर्जाशिल जनशक्ति विदेश पलायन भएर होइन, मुलुक भित्र आफ्नो श्रोत साधन, सिप क्षमता प्रयोगगर्दै, स्वाभिमानताको साथै आफ्नो भूमिमा बाूच्ने र भावी सन्ततीको लागि नयाू सुन्दर समाजको पक्षमा उभिन आम युवा जनशक्ति तयार हुनुपर्दछ।
No comments:
Post a Comment