Friday, 7 September 2012

बिदेसको गल्ली गल्ली हिन्दै छु आमा - कल्पना पौडेल 'जिज्ञासु'

बिदेसको गल्ली गल्ली हिन्दै छु आमा
भोको पेटमा झोला बोकी खोज्दै काम

खाडी मुलुक चर्को घाम हातमा पैसा छैन
धेरै दिन भो काम छुटेको खान पा छैन

घरको जाहान क्यारी पाल्ने पोल्छ सधैं छाती
दु:खको पहाड टुट्यो आमा गरीब माथि

नर्कै भयो आज हामी गरीबको जूनी
जहाँ गए नि कर्म सङै सुख नहुनी

साहुको रिण तिर्न सके फर्किन्थे म घरमा
बाड्थौ दु:ख सुख परिवार सङै भएर

–गैंडाकोट–४ नवलपरासी, (हाल इजरायल)

Wednesday, 5 September 2012

तीजपर्व : आवश्यकता रूपान्तरणको – कल्पना पौडेल “जिज्ञासु”

जनसंख्याको आधा भाग ओगटेका महिलाहरू आज विभिन्न समस्यामा जकडिएर बाँच्न बाध्य छन् । गरिबी, अशिक्षा, अज्ञानता, हत्या, हिंसा जस्ता समस्याबाट आज महिलाहरू अत्यन्त प्रताडित छन् । सामन्तवादी समाजले महिलालाई सधै दोस्रो दर्जाको नागरिक , पुरूषका मनोरन्जनको साधन चरणकी दासी र बच्चा जन्माउने मेसिनको रूपमा हेर्दै आएको छ । पढ्ने, लेख्ने, घरबाहिर आफू खुशी हिंड्डुल गर्ने, राजनैतिक, सामाजिक, शैक्षिक, आर्थिक जस्ता नैसर्गिक अधिकारबाट महिलाहरू बञ्चित छन् । हिन्दु धर्म र सामन्ती परम्पराले नेपाली महिलाहरूलाई लामो समयदेखि गहिरो प्रभाव पार्दै आइरहेको छ ।  धर्म र पम्परासँग जोडिएका थुप्रै चाडपर्वहरू हाम्रो समाजमा स्थापित छन् । ती मध्य तीज पर्वलाई नेपाली महिलाहरूले एक महान पर्वका रूपमा मनाउँदै आइरहेका छन् । तीजका अवसर पारेर एक ठाउँमा भेला भएर नेपाली दिदीबहिनीहरूले आफूहरूमाथि भएका सामाजिक, पारिवारिक, अन्याय, अत्याचार, हिंसा र घरपरिवारका समस्याका साथै आफ्ना मनका कथा, व्यथा गीतको रूपमा पोखे प्रचलन छ ।
 समाजले रूढीवादी र अन्धविश्वासलाई धर्मको नाममा  महिलाहरूमाथि जवरजस्ती थोपरी दिएको छ । जसको फलस्वरूप कृष्णाष्टमी, तीज र पंचमीमा महिलाहरू ब्रत बस्ने गर्दछन् र त्यसरी ब्रत बसेमा विवाहित महिलाहरूको श्रीमानको आयु बढ्ने, अविवाहित किशोरीहरूले राम्रो र धनी श्रीमान पाइने जस्ता अन्धविश्वासहरूबाट नेपाली महिला ग्रसित छन् । अर्कोतर्फ तीजलाई माइत जाने , मिठो खाने, राम्रो लुगा र गहना लगाउने चाडको रूपमा पनि हेरिन्छ । जसरी पनि मिठो खाने, राम्रो लुगा, गहना लगाउनुपर्ने प्रचलनले गर्दा समाजमा विकृति पैदा भैरहेको छ । यसो हेर्दा तीज पर्वले एकातिर आफ्नो पीडा पोख्न पाउने, वर्षौंदेखि माइती नगएका महिलाहरू पनि माइत जान पाउने स्वतन्त्रता दिएको जस्तो देखिन्छ भने अर्कोतर्फ युगौं देखि रूढीवादी, अन्धविश्वासले महिलाहरूलाई जकडाइरहेको छ । महिलामाथि हुने दाइजो, छाउपडी, बोक्सी, कुमारी, झुमा, बुर्का, जवरजस्ती विवाह, बहुविवाह जस्ता विभिन्न सामन्ती परम्परावादी पुरूषप्रधान प्रथाहरूले आज २१ औं शताब्दीमा पनि नेपाली महिलाहरूलाई उठ्नै नसक्नेगरी च्यापिरहेका छन् । महिला हिंसा, बलात्कार जस्ता जघन्य अपराधका घटनाहरू  आज पनि घटिरहेका छन् ।

Monday, 3 September 2012

तिजको लयमा एउटा गीत गाउँछु है

– कल्पना पौडेल “जिज्ञासु”
तिजको लयमा एउटा गीत गाउँछु है
मनको बेदना गीतमै पोख्छु है

जहिले सुकै नारीमाथि अत्याचार भैरहने
कहिलेसम्म लाचार बनि सबै सहिरहने

श्रीमानले हत्या गरे नातिले बलात्कार
नयाँ युगमा पनि हाम्लाई कस्तो व्यभिचार

आठ वर्षे बालिकानी बलात्कृत भएका छन्
बोक्सी भनी महिलालाई के के ख्वाएका छन्

पद अनि पावरको धम्की दिंदै ठगेर
जिउँदै चेली जलाका”छन् जंगल लगेर

नारीमाथि हिंसा यो दिनहुँ बढ्दैछ
कानुनको नजर खै कता मर्दैछ

Nepali Song-सिमली छाँयामा बसी
















सिमली छायामा बसी जिबन शर्माको आवाजमा रहेको यो भिडियो तपाईंहरुको लागि । 

नेपाली एकता समाज युएईको प्रथम पार्षद भेला तथा बिदाई कार्यक्रम सम्पन्न


लालबहादुर ढेंगा, दुबई, युएई । गत ३१ अगस्त शुक्रबारका दिन दुबईको एभरेष्ट होटलमा नेपाली एकता समाज युएईले पार्षद भेला तथा विविध सांस्कृतिक कार्यक्रमका बीच पूर्वअध्यक्ष मानबहादुर थापालाई बिदाई गरेको छ । पूर्वअध्यक्ष मानबहादुर थापा स्वदेश नेपाल फर्कने भएपछि रिक्त रहेको अध्यक्ष पदमा कृष्ण केसी र उपाध्यक्षको पदमा चिरन केसीलाई नियुक्ती गरेको छ ।
उक्त पार्षद भेला तथा बिदाई कार्यक्रमको प्रमुख अतिथिमा नेपाली समाज युएईका अध्यक्ष कृष्ण ढकाल रहेको थियो भने बिशेष अतिथिमा मानबहादुर थापा रहेको थियो । लेखनाथ अधिकारीले अध्यक्षता गरेको कार्यक्रममा अन्य अतिथिहरुको रुपमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवि र पत्रकारहरु रहेका थिए । पहिलो चरणमा पार्षद भेला र दोस्रो चरणमा बिदाई र सांस्कृतिकको प्रस्तुति गरि दुई चरणमा विभाजित गरिएको कार्यक्रमको संचालन रेशम सापकोटाले गरेको थियो । 

Sunday, 9 January 2011

राष्ट्रिय जनअभियानको टोलि माथि भएको आक्रमणको यूएई नेपाली एकता समाज तथा ओमन स्थित ओमन नेपाली एकता समाज द्वारा भर्त्सना

शालिकराम आचार्य-ओमन सहयोगी-यूएई डेस्क-गणतन्त्र,शान्ति र राष्ट्रियता तथा संघीयताका विरुद्धमा देशव्यापी रुपमा राष्ट्रिय जनअभियान संचालन गरिरहेको राष्ट्रिय जनमोर्चाको टोलि माथि केही दिन अगाडि झापाको विर्तामोड र दमकमा संघीय लिम्बुवान राज्य परिषद्(सन्जुहाङ समूह)का कार्यकर्ताहरुले गरेको आक्रमणको ओमन नेपाली एकता समाज मस्कट र यूएई नेपाली एकता समाज ले छुट्टाछुट्टै रुपमा प्रेस बिज्ञप्ती प्रकाशन गरी घोर भर्त्सना गरेका छन।
ओमन नेपाली एकता समाजका अधक्ष्य शोभाखर लामिछाने तथा यूएई नेपाली एकता समाजका अधक्ष्य मान बहादुर थापा द्वारा अलग अलग रुपमा जारी गरिएको प्रेस बिज्ञप्तीमा संघीय लिम्बुवान राज्य परिषद्(सन्जुहाङ समूह)का कार्यकर्ताहरुले अभियानको नेतृत्व गरिरहेका राजमोका केन्द्रीय उपाध्यक्ष वीरबहादुर गोलेलाई अपहरण गरी आफ्नो कार्यालयमा लगेर कुटपिट गर्नुका साथै टोलीसँग रहेका झन्डा,व्यानर,माइक र पोष्टरहरु समेत लुटेको र राष्ट्रिय जनअभियानको १२ औं दिन प्रशाको विरगन्जमा कार्यक्रम गरिरहेको अवस्थामा पार्टीका वरिष्ठ उपाध्यक्ष तथा सभासद् रश्मिराज नेपालीको नेतृत्वमा रहेको अभियान टोलीमाथि मधेशी जनअधिकार फोरम उपेन्द्र यादव समुहका कार्यकर्ता द्वारा गरिएको आक्रमण लाई पराजयको पराकास्ट,अतिवादी-साम्प्रदायिकतावादी र विखण्डनबादी तत्वहरुले राष्ट्रजोगाउन टाउको मा कफन बाँदेरहिडेका नेपाल आमाका सच्चा सपुत हरु माथि हमला गर्दै राष्ट्रिय झण्डा समेत च्यात्नुले देसद्रोहीको परिचय उनिहरु आँफैले दिएको घटनाले झन आफ्नो जन-अभियानको महत्व र आब्श्यक्ताको औचित्य अझ बडी बडेको महसुश आम सर्वसाधारणको बुझाई रहेको भनिएको छ।

Monday, 3 January 2011

यूएईमा ११ वर्ष देखी कार्यरत समाजसेवी तथा ब्यबसायी यूएई नेपाली एकता समाजका महासचिव ध्रुव कुवरलाई संघसस्था द्वारा बिदाइ

उमाकान्त पाण्डे गाउले-२ जनवरी २०११-दुबई-रोजगारीको शिल्शिलामा सम्युत्त अरब एमिरेट्स यूएईमा बिगत ११ वर्ष देखी कार्यरत समाजसेवी तथा ब्यबसायी धुर्ब कुवर लाई सम्मान गर्दै बिदाइ गरिएको छ । नयासाल २०११ लाई स्वागत गर्दै यूएईको बर दुबई स्थित काठमान्डौ हाइल्यान्ड रेस्टुरेन्टमा बिभिन्न संघसस्थाले सयुत्त रुपमा एक कार्यक्रमको आयोजना गरी कुवरलाई दोसल्ला ओडाएर प्रशम्शा पत्र द्वारा सम्मान एवम यूएई देखी बिदाइ गरेका हुन।

यूएईको जेष्ठ नेपाली संचार सस्था नेपाली समाचार केन्द्र यूएई,यूएई नेपाली एकता समाज तथा नागरिक सेवा समाज यूएईले सम्युत्त रुपमा एक कार्यक्रमका बिच सम्मान गर्दै स्वदेश फर्किने क्रममा रहेका समाजसेवी तथा ब्यबासयी धुर्व कुवर लाई बिदाइ गरेका हुन ।